८ पुस २०८२, मंगलबार | December 23, 2025

गौतमबुद्ध विमानस्थलको रोजगारीमा स्थानीयको अग्राधिकार : गृहमन्त्री खाँण



बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न बन्न सक्काले नयाँ रोजगारी खुल्दा स्थानीयले रोजगारीमा प्राथमिकता पाउने बताएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणलेअन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयले प्राथमिकता पाउने बताएका हुन् ।

स्थानीयले जमिन नदिएको भए विमानस्थल असम्भव रकेको उल्लेख गर्दै खाँणले विमानस्थल निमार्णका लागी पुस्तौदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरुले हरेक अवसरमा पहिलो प्राथमिकता स्थानीयले पाउनु पर्ने बताए । उनले भने, ‘स्थानीयले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि विर्सिनु हुँदैन ।’

उनले बिमानस्थलमा कार्गो सचांलनका लागि पहल भैरहेको जनाउँदै उनले कार्गो संचालनमा आएपछि यहाँको कृषि तथा औद्योगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुुर्याएर स्थानीयले लाभ लिन सक्ने बताए ।

‘यसले स्थानीयलाई उत्पादनमा अभिप्रेरित गर्छ, आत्मनिर्भर बनाउँछ, विदेशी मुद्रा आर्जन हुन्छ र स्थानीयसँगै मुलुकको अर्थतन्त्रमा टेवा पुग्छ’, उनले भने ।

खाँणले लोकतन्त्र र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन बनेको बताए ।

गृमनत्री खाँण आफ्नो निर्वाचन अभियानलाई सफल बनाउन अहिले रुपन्देही मै बसेर चुनावी प्रचार अभियानमा जुटेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : १७ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना