११ भदौ २०८३, बिहिबार | August 27, 2026

भारतीय राजदूत श्रीवास्तवले गरे नेपालगन्जमा भारतीय अनुदानको निरिक्षण



नेपालगन्ज । नेपालमा भारतका राजदूत नविन श्रीवास्तवले भारतीय अनुदान सहयोगमा नेपालगन्जमा बनेको परियोजनाहरुको निरिक्षण गरेका छन् । आज नेपालगन्ज पुगेका श्रीवास्तवले भारतीय अनुदान रहेको फत्तेबाल आँखा अस्पताल, धमबोझी माबी र महेन्द्र बहुमुखी क्याम्पसको निरिक्षण अवलोकन गरेका हुन् ।

उाले फत्तेबाल आँखा अस्पतालमा भारतीय दुतावासको अनुदानमा निर्माण भएको डाक्टर क्वाटर, शल्यक्रिया भवन र अन्तरंग विभाग लगायत अस्पताल भवनको निरिक्षण गरेका थिए ।

राजदुत श्रीवास्तव फत्तेबाल आँखा अस्पतालका अतिरिक्त धम्बोझी मावि, महेन्द्र बहुमुखी क्याम्पसको निरिक्षणका साथै बागेश्वरी मन्दिरको दर्शन गरि आजै जमुनहा हुँदै लखनऊ प्रस्थान गरेका छन् ।

फत्तैबाल आँखा अस्पताल पुग्दा श्रीवास्तवलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र फत्तेबाल आँखा अस्पतालका अध्यक्ष रतनकुमार टण्डनले स्वागत गरेका थिए । राजदूत अस्पताल पुग्दा अस्पतालका प्रबन्ध निर्देशक डाक्टर कौशल कुमार वर्मा, नेपाल भारत मैत्री संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शुष्मा शर्मा, बाँके जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष श्रवणकुमार यादव, लगायतले उनलाई स्वागत गरेका थिए ।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले यस अघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : ५५ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका