१२ असार २०८३, शुक्रबार | June 27, 2026

गठबन्धनका कारण योग्य हुँदाहुँदै धेरै साथीलाई उम्मेदवार बनार असमर्थ भयौंः कांग्रेस प्रवक्ता



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि धेरै क्षमतावान साथीहरूलाई उम्मेदवार बनाउन नसकेको बताएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनका कारण नसकिएको बताए ।

उनले एउटा परिस्थितिमा गठबन्धन सरकार बनेको उल्लेख गर्दै छोटो अवधिमा देशलाई एउटा अर्डरमा ल्याएको उनले दाबी गरे । जनताका इच्छा र माग सम्बोधन भएको बताउँदै उनले स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गरे ।

नेता महतले जसपालाई कांग्रेसले उदारता देखाए पनि बाहिरिएकोमा कुनै कमेन्ट नगर्ने बताए । निर्वाचन आयोगले तयार गरेको आचारसंहिता धेरै रेष्टिक्टेड रहेको, धेरै सीमा राखिएकाले विगतमा गरेजसरी प्रचार गर्न सम्भव नभएको उल्लेख गरे । तर पनि आचारसंहिताको सीमामा रहेर प्रचार गर्ने उनले बताए ।

कांग्रेसले धेरै नबोल्ने बरु काम गरेर देखाउने भन्दै देशभर कांग्रेस र गठबन्धनको उम्मेदवारको पक्षमा माहोल तयार भएको, जिल्ला जिल्लामा गठबन्धनको निर्वाचन परिचालन समिति गठन भइरहेको र सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने उनको भनाइ छ । नेता महतले दुई दिनभित्रै सत्ता गठबन्धनको संयुक्त अपिल सार्वजनिक हुने जानकारी दिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : १२ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३