२ पुस २०८२, बुधबार | December 18, 2025

लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुन्छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताएका छन् । ६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले छिट्टै प्रदेश प्रहरी गठन हुने बताए ।

मुख्यमन्त्री केसीले संघात्मक अवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन निर्माण गरी संघ र प्रदेशलाई शान्ति अमनचयन कायम गरिने बताए । उनले जनतको आपत विपतमा पनि नेपाल प्रहरी नेपाली जनताको साथमा रहेकोले सधै प्रहरीलाई जनताले सम्झिने बताए ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलक राम शर्माकाले नेपाल प्रहरीले सधै जनताको सेवामा लाग्न अपिल गर्दै नेपाल प्रहरी जनताको साहराको रुपमा हुनु पर्ने बताए । उनले लुम्बिनी प्रदेशमा प्रहरी ऐन आई सकेकोले गर्दा त्यसलाई कार्य रुप दिनका लागि सरकार लागि परेको बताए ।

सभापतिको आसनबाट बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद अधिकारीले सबैलाई सेवामा निश्वार्थ भावले लाग्नका लागि निर्देशन दिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : १२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल