१५ माघ २०८२, बिहिबार | January 29, 2026

भोजपुरमा विद्युत विस्तारले गति लिदै


१ कार्तिक २०७९, मंगलबार  

13
Shares

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३ प्रतिशत जनता लाभान्वित छन् । १९ कात्तिक २०६७ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो ।

यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४१ वर्ष पुगेको छ । विसं २०३८ मा सिक्तेलखोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत् जिल्ला सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । दुई सय ५० किलोवाट क्षमताको उक्त विद्युतगृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युतगृह तत्कालीन द्वन्द्वमा बिग्रिएपछि लामो समय भोजपुर अन्धकारमय बनेको थियो । यहाँ यो गृहबाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन । मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचे अनुरुपले काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइनको विस्तारको पहल थलिएको हो ।

हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पुर्याउने कोसिस भइरहेको छ । पूर्णरूपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबैभन्दा बढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । यो प्रदेश नं १ उज्यालो बन्ने पहिलो स्थानीय तह पनि हो । दोस्रोमा केन्द्रीय प्रसारण लाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : ३७ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला