७ चैत्र २०८२, शनिबार | March 22, 2026

म्याराथन धाविका पुष्पा भण्डारी घाइते, खुट्टामा गरियाे प्लास्टर



पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार उनी खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन् ।

करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । ‘२० किलोमिटर पार गर्दै थिँए, खुट्टा दुख्यो,’ उनले भनिन्,‘पहिला वास्ता गरिनँ, पछि अरू १० किलोमिटर कुदें ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ ।’

उनलाई पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठोभन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पुष्पाले ११३ औँ साग गेममा २ घन्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी महिला म्याराथनमा पहिलो रजत पदक जितेकी थिइन् ।

उनी महिला म्याराथनतर्फ साग अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी हुन् । एपीएफ क्लबमा आवद्व पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी भए पनि खुट्टामा चोट लागेका कारण आफ्नो सपना पूरा नभएको प्रतिक्रिया दिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : १२ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा