१३ असार २०८३, शनिबार | June 27, 2026

भोटका लागि तक्मा बाँडिएन बरू योगदानको मूल्यांकन गरी तक्मा बाँडेका थियौ : पूर्व गृहमन्त्री थापा



भैरहवा । पूर्व गृहमन्त्री निरञ्जन थापाले भोटका लागि तक्मा नबाँड्ने बताएका छन । रुपन्देहीको क्षेत्र नम्बर ३ भैरहवामा मंगलबार क्षेत्रीय संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उनले आफूहरू सरकारमा गएपछि अहिलेको सरकारले जस्तो तक्मा बाँडेर भोट नमाग्ने बताए । ‘भोटका लागि तक्मा बाँडिएन बरू योगदानको मूल्यांकन गरी तक्मा बाँडेका थियौ,’ उनले भने, ‘भोटकै लागि तक्मा अहिले बाँडिएको छ ।’

रुपन्देहीमा मात्रै पाँच दर्जन बढी तक्मा बाँडिएकाे उनले आराेप लगाए । रुपन्देही ३ मा तक्माको बाढी आएको उनले बताए । ‘म पनि गृहमन्त्री थिएँ कुनैबेला, तर यसरी तक्मा बाँडेका थिएनाैं । सरकारमा गएपछि उद्योग सञ्चालन गर्ने उद्योगी, चोरी निकासी नियन्त्रण गर्ने प्रहरीलाई तक्मा दिन्छौं । पार्टीलाई भोट दिने सर्तमा बाँड्दैनौं,’ उनले भने ।

क्षेत्रको विकासमा लागेका राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई नै यस क्षेत्रबाट उम्मेदवार बनाएकाे र तक्माको लोभमा यहाँका जनताले भोट खेर नफाल्ने उनले बताए । उनले भने, ‘विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताउनुपर्छ । पाँचदलीय गठबन्धनलाई भोट दिनु भनेको भोट खेर फाल्नु हो ।’ राष्ट्रियता बचाउन एमाले, राप्रपा र जसपालाई जिताउनुपर्ने उनको भनाइ थियो ।

एमाले, राप्रपा र जसपाकाे रुपन्देही ३ को मंगलबार भैरहवामा संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको हो । यस क्षेत्रबाट प्रतिद्वन्द्वीको रूपमा गठबन्धनबाट नेपाली कांग्रेसले बालकृष्ण खाणलाई उठाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ५ : १३ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३