७ चैत्र २०८२, शनिबार | March 22, 2026

आर्चरीः स्ट्यान्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण



काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखराको आर्चरी मैदानमा भएको स्ट्यान्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण पदक जितेको छ ।

गण्डकीका दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरपश्चिमले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्‍याे ।

महिलातर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पार्‍याे । सेनाका शरद बिक, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले स्वर्ण दिलाएका हुन् । प्रदेश १ ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।

स्ट्यान्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण पदक जित्यो । सेनाका प्रदीप सुनुवार र शारदा विकको जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ५ : १८ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा