४ पुस २०८२, शुक्रबार | December 20, 2025

आर्चरीः स्ट्यान्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण



काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखराको आर्चरी मैदानमा भएको स्ट्यान्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण पदक जितेको छ ।

गण्डकीका दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरपश्चिमले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्‍याे ।

महिलातर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पार्‍याे । सेनाका शरद बिक, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले स्वर्ण दिलाएका हुन् । प्रदेश १ ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।

स्ट्यान्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण पदक जित्यो । सेनाका प्रदीप सुनुवार र शारदा विकको जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ५ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको