२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राजु गुरुङको रिट आज हेर्न नभ्याइने सूचीमा



काठमाडौं । रुपन्देही क्षेत्र नं २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिटमाथिको सुनुवाई आज हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा परेको सो रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो ।

सर्वोच्चले अल्पकालिन अन्तरिक आदेश जारी गर्दै आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न र यथास्थितीमा राख्न आदेश जारी गर्दै आज दुवै पक्षलाई छलफलका लागि झिकाएको थियो।

निर्वाचन आयोगले बैंकिङ कसुरमा दोषि ठहर भइ सजाय भुक्तान नगरेका गुरुङ कालोसूचीमा रहेको भन्दै उजुरी बिना उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले खारेजीका विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले निर्वाचन आयोगलाई ७ दिन भित्रमा म्याद थाम्न नपाउने गरी लिखित जवाफ पेश गर्न समेत भनेको थियो । जिल्लाले दोषी ठहर गरे पनि यो मुद्दा सर्वोच्चमै विचाराधीन छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : २९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार