२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

राजु गुरुङको रिट आज हेर्न नभ्याइने सूचीमा



काठमाडौं । रुपन्देही क्षेत्र नं २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिटमाथिको सुनुवाई आज हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा परेको सो रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो ।

सर्वोच्चले अल्पकालिन अन्तरिक आदेश जारी गर्दै आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न र यथास्थितीमा राख्न आदेश जारी गर्दै आज दुवै पक्षलाई छलफलका लागि झिकाएको थियो।

निर्वाचन आयोगले बैंकिङ कसुरमा दोषि ठहर भइ सजाय भुक्तान नगरेका गुरुङ कालोसूचीमा रहेको भन्दै उजुरी बिना उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले खारेजीका विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले निर्वाचन आयोगलाई ७ दिन भित्रमा म्याद थाम्न नपाउने गरी लिखित जवाफ पेश गर्न समेत भनेको थियो । जिल्लाले दोषी ठहर गरे पनि यो मुद्दा सर्वोच्चमै विचाराधीन छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : २९ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक