९ श्रावण २०८१, बुधबार | July 24, 2024

उपराष्ट्रपति पुनसँग गरे पाकिस्तानी राजदूत शाहले बिदाई भेट



काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत सैयद हैदर शाहले उपराष्ट्रपति नन्दबहादुर पुनसँग बिदाईभेट गरेका छन् ।

राजदूत हैदर शाहले बुधबार उपराष्ट्रपतिलाई भेट गरेका हुन् । भेटमा दुई देशबीचको आपसी हितका विषयमा समेत छलफल भएको थियो ।

त्यसक्रममा उपराष्ट्रपति पुनले पाकिस्तानमा चिकित्सा र प्राविधिक शिक्षाको क्षेत्रमा नेपाली विद्यार्थीहरूको शिक्षाका लागि पाकिस्तानले गरेको उदार सहयोगको प्रशंसा गरे । पुनले कोभिड–१९ को महामारीका बेला नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराउन राजदूत शाहको सक्रिय भूमिका र पहलको पनि प्रशंसा गरे ।

राजदूत हैदर शाहले नेपाल सरकारले पाकिस्तानमा बाढीपीडितका लागि पठाएको राहत सामग्रीका लागि उपराष्ट्रपति पुनलाई धन्यवाद दिँदै समयमै सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरे ।

आफ्नो कार्यकालभर पाकिस्तानी दूतावासलाई निरन्तर सहयोग गरेकोमा उनले पुनप्रति कृतज्ञता व्यक्त गरे। उनले सन् २०२२ मा पाकिस्तानको राष्ट्रिय र स्वतन्त्रता दिवसको स्वागत समारोहमा उपराष्ट्रपतिको प्रमुख अतिथिको रूपमा उपस्थित भएको कुरा पनि स्मरण गरे ।

भेटमा उपराष्ट्रपति पुनले राजदूतलाई नेपाली ढाका टोपी र खादाले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ५० बजे

संवैधानिक पदमा विवादमा आएका व्यक्तिलाई नियुक्ति नगर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वीर पूर्खाहरूको साहस, वीरता र

बुद्ध दर्शनलाई कमजोर हुन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ

विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका प्रधानको सुनुवाई भयो निर्णय भएन

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा निर्वाचन आयोगको आयुक्तमा सिफारिस