१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

नेपाल शेख रसेल कप चेसको सुपर लिगमा श्रीलंकासँग पराजित



काठमाडौं । नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिगमा श्रीलंकासँग ३–१ ले पराजित भएको छ ।

बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत बुधबार सम्पन्न सुपर लिगको दोस्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र जीत हात पारे ।

नेपाली टिमका लागि तेस्रो बोर्डमा प्रतिष्पर्धा गरिरहेका दासले श्रीलंकाविरुद्ध दुबै चरणका खेलमा लगातार व्यक्तिगत स्कोर गरेका हुन् । आफूभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेन विरुद्ध लिग चरणको खेलमा बराबरीको नतिजा निकालेका सिंगेश्वर सुपर लिगमा जित हासिल गर्न सफल भए ।

नेपालका लागि पहिलो बोर्डमा प्रतिष्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली ईन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित भए । दोस्रो बोर्डको खेलमा नेपाली फिडेमास्टर विलमलाल श्रेष्ठले श्रीलंकाली फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोरे भने चौथो बोर्ड खेलमा राजेन्द्र बज्राचार्यले श्रीलंकाली लिसरा समाधिथ तेनाकुनसँग हार व्यहोरे ।

मंगलबारबाट शुरु भएको सुपर लिगको पहिलो खेलमा बंगलादेशलाई २-२ को बराबरीमा रोक्न सफल श्रीलंका टोली दुई खेलबाट ३ अंक जोड्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ । त्यसैगरी बंगलादेश १ अंकका साथ दोश्रो स्थानमा रहेको छ भने अंकविहिन नेपाल तेश्रो स्थानमा रहेको छ । सुपर लिगको तेश्रो खेलमा बिहिबार नेपालले बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशको नतिजाले च्याम्पियनशीपको विजेता टुंगो लगाउनेछ । नेपाल र बंगलादेश बिचको खेल बराबरीमा टुंगीए श्रीलंका च्याम्पियन हुनेछ । तीन ग्राण्डमास्टर तथा दुई ईन्टरनेशनलमास्टर सम्मिलित आयोजक बंगलादेशले यसअघि लिग चरणको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ७ : ०९ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर