२८ चैत्र २०८२, शनिबार | April 11, 2026

बाँझो बारीमा किवी, वर्षमै लाखौं आम्दानी


३ कार्तिक २०७९, बिहिबार  

663
Shares

बलेवा । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका बृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेको कमी छैन ।

यो समस्या बागलुङका हरेक बस्तीमा छ । काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछाने पनि जमिन बाँझो राख्नेमध्येका एक हुन् । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि उनले खेती लगाउन छाडे ।

आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागिर गर्ने तथा बृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उनको बारी बाझिँदै थियो तर बारीलाई बाँझै राख्न उनलाई पटक्कै मन लागेन ।

अरुको बाँझोबारीमासमेत खेती गर्न लगाउनुपर्ने जिम्मेवारी पाएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका वडाध्यक्ष लामिछानेले अहिले भने त्यही बाँझिन थालेको बारीबाट लाखौं कमाइ गर्न थालेका छन् ।

काठेखोला गाउँपालिका–७ रेशमा रहेको उनको घर वरिपरि किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । ‘चार/पाँच वर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ’, उनले भने, ‘वैकल्पिक खेती गर्दा उत्पादन लिन केही वर्ष त कुर्नैपर्‍यो ।’

उनले दुई रोपनी बाँझो बारीमा ४५ किवीका बिरुवा लगाएका छन् । तिनै बिरुवामा यसवर्ष सात सय किलो किवी फलेको उनले बताए । ‘दुई क्विन्टल त बिक्री भइसक्यो, अझै पाँच क्विन्टल जति बोटमै छन्’, उनले भने, ‘बजारको समस्या नहोस् भनेर एकैपटक टिपेनौं ।’

पाँच सय प्रतिगोटा खरिद गरेका ४५ बिरुवाले गतवर्ष नै लगानी उठाएको उनले बताए । बगानमा किवीको बिरुवालाई आड दिन गत वर्ष ७० हजार खर्चेर उनले टहरा बनाएका छन् ।

उनको बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भइरहेका छन् । प्रतिकिलो दुई सय ५० मा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उनकी श्रीमती कमला लामिछाने बताउँछिन् ।

‘बजारमा होलसेल दिन खोजेको यस्तो उस्तो भनेर विचौलिया आउँछन्, उपभोक्तालाई पनि महँगो पर्ने’, कमलाले भनिन्, ‘हामी आफैंले उपभोक्तालाई दिँदा उहाँहरुले रोजेर लैजान पाउनुभएको छ, मूल्य पनि सस्तो पर्छ ।’

यस वर्ष मात्रै किवीको बिक्रीबाट दुई लाख बढी आम्दानी हुने उनले बताइन् । बहुवर्षे बाली भएकाले बेला–बेलामा सिंचाइ र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै वर्ष किवीबाट उत्पादन लिन सकिने उनको भनाइ छ ।

त्यही बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभवसमेत उनीसँग छ । ‘हामीले बजारको माग, उत्पादन लागत र उत्पादकत्व हेरेर खेती गर्नुपर्ने रहेछ’, उनी भन्छिन्, ‘पछिल्लो समय मैले नगदेबाली र फलफूल खेतीमा वडावासीलाई प्रेरित गर्ने गरेको छु ।’

उनले वडा कार्यालयको तर्फबाट किसानलाई अनुदानमा किवीका बिरुवासमेत हरेक वर्ष बाँड्दै आएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सोही वडाको अध्यक्षमा पुन: निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : ३० बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख