२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

डा. निकोलसका पक्षमा आएन अन्तरिम आदेश



काठमाडौं । रुपन्देही-२ मा प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीका उम्मेदवार डा.निकोलस भनिने कमल भुसालको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पार्टीको चुनाव चिन्ह लौरो लिएरपनि आफुलाई स्वतन्त्र उम्मेदवारकारुपमा उम्मेदवारीको घोषणा गरेका भुसाल विरुद्ध उजुरी परेपछि निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यस विरुद्ध उनी सर्वोच्चमा रिट दर्ता गर्न पुगेका थिए । उनको रिट माथि सुनुवाई गर्दै आदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एक इजलाशले अन्तरिम आदेश दिन अस्विकार गर्दै कार्तिक १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । भुसालको पक्षमा अधिवक्ताहरु भिमार्जुन आचार्य र दिनेश त्रिपाठीले बहस गरेका थिए ।

अन्तरिम आदेश नदिएसंगै निर्वाचन कानुन अनुसार भुसालको उम्मेदवारी खारेजी कायम रहेको र उनले कात्तिक १५ गतेसम्म प्रचार प्रसार गर्न पाउने छैनन् । चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका विद्यार्थी भुसाल संस्थानलाई जानकारी नै नगराई उम्मेदवारी दर्ता गरेको भन्दै उजुरी परेपछि निर्वाचन कार्यालयले निकोलसको उम्मेदवारी खारेज गरेको थियो ।

भुसाल चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा एमडी तहमा अध्ययनरत विद्यार्थी हुन्। आफुले शिक्षण अस्पतालमा उम्मेदवारी दिने पूर्व जानकारी दिएको बताएपनि उनले बिदामा बस्नका लागि मात्र निवेदन दिएको तर उम्मेदवारी दिनेबारे संस्थानलाई जानकारी नगराएको बताइएको छ । नेपाल सरकारले उपलब्ध गराएको छात्रवृति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले उनी सरकारबाट आर्थिक लाभ लिइरहेका उम्मेदवारमा परेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

उनले गत जेठ महिनामा नै एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध आफ्नो उम्मेदवारी घोषणा गर्दै पर्रोहा धाममा स्वास्थ्य शिबिर संचालन गरेर चुनावी प्रचार थालेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ६ : ३० बजे

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक