५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी पहिलो



पोखरा । विभागिय टीम त्रिभुवन आर्मी क्लवले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । १ सय ७२ स्वर्ण पदक सहित आर्मीले उपाधी कब्जा गरेको हो ।

३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिश्पर्धा भएको थियो । आर्मीले थप १ सय ९ रजत र ८९ कास्य पदक सहित ३ सय ७० पदक जितेको हो । सातौं र आठौं संस्करणको उपाधि पनि आर्मीले नै जितेको हो ।

६५ स्वर्ण, ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक जितेको शसस्त्र प्रहरी बलको एपिएफ क्लव दोश्रो भएको छ । ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदक सहित १ सय ९५ पदक जितेर नेपाल पुलिस क्लव तेश्रो भएको छ ।

घरेलु मैदानमा गण्डकी प्रदेश चौंथो भयो । प्रदेशहरुमध्ये गण्डकी पहिलो बनेको छ । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित १ सय २० पदक जितेको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक हात पारेर पाँचौं स्थानमा रह्यो ।

प्रदेश १ ले १० स्वर्ण सहित ८३, सुदुरपश्चिमले १० स्वर्ण सहित ६३, एनआरएनएले पनि १० स्वर्ण सहित २६ पदक पाएको छ । लुम्विनी प्रदेशले ६ स्वर्ण सहित ६८, मधेश प्रदेशले ५ स्वर्ण सहित ३९ र कर्णाली प्रदेशले २ स्वर्ण सहित १८ पदक पाएको छ ।

सुरुमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिश्पर्धा हुने भनिएकोमा प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २-२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक/एक स्वर्ण पदकको खेल स्थगित भएको थियो । ३६ खेलका ३ सय ९६ इभेण्ट मात्रै पूरा भएका छन् । खेलहरु गण्डकी प्रदेशका ८ जिल्लामा सन्चालन गरिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : ३८ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन