३० पुस २०८२, बुधबार | January 14, 2026

मानवअधिकार आयोगले गर्‍यो सुरक्षा निकायका प्रमुखहरूसँग छलफल



काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको तयारीबारे राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुख/प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

आयोगका कार्यवाहक अध्यक्ष डा। सूर्य ढुंगेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । सुरक्षा निकायका प्रमुख÷प्रतिनिधिहरुले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीको बारेमा जानकारी गराएका थिए ।

छलफलमा नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याल एवं सुरक्षा निकायका अधिकृत तथा आयोगका कर्मचारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : २५ बजे

एघारौ जिल्ला स्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि एभरेष्टलाई

बुटवल । बुटवलमा सम्पन्न एघारौ जिल्ला स्तरीय अन्तर माबि एभरेष्ट

कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि

देउवाले निर्वाचन आयोग पठाए महामन्त्री द्वयलाई कारवाही गरेको पत्र

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी पार्टीको विशेष महाधिवेशनबाट विघटन

विशेष महाधिवेशनबाट विघटीत केन्द्रीय कार्यसमितिबाट १५ औ महाधिवेशन बैशाखमा गर्ने निर्णय अनुमोदन

काठमाडौं । विशेष महाधिवेशनबाट विघटन गरिएको भनिएको नेपाली कांग्रेसको देउवा

गगन थापाले भने – हामी नै आधिकारिक कांग्रेस हौं, देउवा नेतृत्वको कार्यसमिति भंग भैसकेको छ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको