२८ असार २०८३, आइतबार | July 13, 2026

गगन थापाले भने – हामी नै आधिकारिक कांग्रेस हौं, देउवा नेतृत्वको कार्यसमिति भंग भैसकेको छ



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गरेका छन्।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले देउवा नेतृत्वको समिति अब वैधानिक रूपमा नरहेको र पार्टी नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरिसकेको बताए।

थापाका अनुसार महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको बहुमत आफूहरूकहाँ रहेकोले आफूहरू नै आधिकारिक पक्ष भएको स्पष्ट भएको छ।

उनले भने, “यहाँ २४८८ महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। निर्वाचन आयोगमा पनि हामीले जानकारी गराइसकेका छौँ। देउवा नेतृत्वको समिति भंग भइसकेको छ र हामी नयाँ नेतृत्व चयनको प्रक्रियामा रहेका छौँ। यो कुरा सिंगो देशले सुनिरहेको छ—यही हो नेपाली कांग्रेस।”

थापाले यसअघि पनि पटक–पटक केन्द्रीय कार्यसमितिमा परिवर्तनको विषय उठाए पनि आफ्ना मागहरू बेवास्ता गरिएको आरोप लगाए।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ३७ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली