५ पुस २०८२, शनिबार | December 20, 2025

ओलीको आरोप – सत्ता गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान बेच्न लाग्यो



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंश–अंशमा बेच्ने ठोकुवा गरेका छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले सत्ता गठबन्धनको यस्तो काम रोक्न सबै नेपाली सजग बन्नु पर्ने बताए ।

‘सत्ता गठबन्नधन सत्तास्वार्थका लागि देश बेच्न पनि तयार हुन्छ । सिंगै देश तरकारी फलफुल जसरी बजारमा तौलिएर बेच्न त नसक्लान् तर यिनीहरूले अंश–अंशमा बेच्छन्, ओलीले भने, ‘त्यसैले देशलाई बेचिनबाट जोगाउन हरेक नेपाली सजग र सकृय हुन जरुरी छ ।’

कार्यक्रममा उनले सरकारले देशमा महंगी, भ्रष्ट्रचार बढाएको आरोप पनि लगाए । उनले कामचलाउ हैसितयमा पुगिसकेपछि पनि अध्यादेशमार्फत कानुन ल्याएर तनाव बढाउने, चुनावमा धाँदली गर्नेतर्फ यो सरकारको ध्यान केन्द्रित रहेको उनको भनाइ छ ।

ओलीले सरकार आफैंले भुटानी शरणार्थीको नाम दिएर सर्वसाधारणलाई अमेरिका पु¥याउने धन्दा चलाएको, बिमा कम्पनीहरूको लाइसेन्स खोलेर चुनावी खर्च उठाउने तयारी गरिरहेको आरोप पनि लगाए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ०९ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा