२६ असार २०८२, बिहिबार | July 10, 2025

१५ दिनपछि खुल्यो नाग्म–गमगढी राजमार्ग



जुम्ला। नाग्म–गमगढी राजमार्ग सञ्चालनमा आएको छ । १९ असोजदेखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म–गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाले नाग्म–गमगडि राजमार्ग खुलेको जनाएको छ । कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो । नाग्म(गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबै भन्दा बढी पहिरो गएको थियो ।

ईन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पञ्छाएपछि सडक खुलेको हो । उनले नाग्म(गमगढी राजमार्गको ९३ किलोमिटरमा एक सय ५० वटा पहिरो पञ्छाएको बताए ।

हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा खसेको पहिरो पनि पञ्छाइएको छ । पहिरो पञ्छाएपछि मोटरसाईकलहरू सहजै ओहोरदोहोर गर्न थालेका छन् भने साँघुरो स्थानमा थप मर्मत गरे गाडी चलाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : १६ बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा