१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

१५ दिनपछि खुल्यो नाग्म–गमगढी राजमार्ग



जुम्ला। नाग्म–गमगढी राजमार्ग सञ्चालनमा आएको छ । १९ असोजदेखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म–गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाले नाग्म–गमगडि राजमार्ग खुलेको जनाएको छ । कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो । नाग्म(गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबै भन्दा बढी पहिरो गएको थियो ।

ईन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पञ्छाएपछि सडक खुलेको हो । उनले नाग्म(गमगढी राजमार्गको ९३ किलोमिटरमा एक सय ५० वटा पहिरो पञ्छाएको बताए ।

हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा खसेको पहिरो पनि पञ्छाइएको छ । पहिरो पञ्छाएपछि मोटरसाईकलहरू सहजै ओहोरदोहोर गर्न थालेका छन् भने साँघुरो स्थानमा थप मर्मत गरे गाडी चलाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : १६ बजे

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त