२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पोखराका व्यवसायी आन्दोलित, राष्ट्रबैंक घेर्ने चेतावनी



पोखरा । बैंक तथा वित्तिय संस्थाले अस्वभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन् । होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ ।

संघ अन्तर्गतका ब्यवसायी भेला भएर बैंक तथा वित्तिय संस्था विरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने र ब्याजदर नघटाए आन्दोलन सुरु हुने बताए । ‘तिहारसम्म हेर्छौं । नभए राष्ट्रबैंक र अर्थमन्त्रालय घेर्ने निर्णय भएको छ,’ उनले भने, ‘७ प्रतिशतमा लिएको ब्याज अहिले १८ प्रतिशत पुग्यो । हामीले कसरी तिर्ने यत्रो ब्याज रु’

कोरोनाले थलिएको ब्यवसायमा चर्को ब्याजदरले झनै आक्रान्त पारेको उनको भनाई छ । होटल संघ मात्रै होइन, पोखराका उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग बाणिज्य संघ पनि बैंकविरुद्ध खनिएको छ । संघले बैठक नै बसेर आन्दोलनका कार्यक्रम तय गरेको छ । संघले ब्याजदर १ अंकमा झार्न माग राखेको छ । उद्योग व्यवसाय कोभिडका कारण थलिएको र अहिले बैंक तथा वित्तिय संस्थाले ब्याजदर बढाएपछि झनै आक्रान्त हुने अवस्था आएको संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।

‘बैंकहरुले ब्याजदर अस्वभाविक रुपमा बढाए । सबै बाँच्नुपर्छ । तर यो त अति भएन र रु,’ उनी भन्छन्, ‘आइतबार सरोकारवालाको बैठक राखेका छौं । बैठकले जे निर्णय गर्छ त्यही कार्यान्वयन हुन्छ ।’ उनले आन्दोलन गर्नुको विकल्प नभएको बताए । व्यवसायीले आरोप लगाए जस्तो बैंकले ब्याजदर नबढाएको बैंकहरुको भनाइ छ । अहिले डिपोजिटमा पनि दर बृद्धी भएको छ । त्यतिमात्रै होइन, बजारमा मुद्रा तरलता नभएका कारण लगानी गर्ने पैसा नभएको उनीहरुले बताए ।

बैंकले आफूखुशी ब्याजदर बढाएपनि नियामक निकाय राष्ट्र बैंक चुप छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज ७ प्रतिशतबाट १५ प्रतिशत हुँदै अहिले १८ प्रतिशतसम्म पुगेको छ । वित्तीय संस्थाले ४० प्रतिशत सम्म लाभांश बाँड्दा घाटामा रहेको व्यवसायिक क्षेत्रलाई भने तर्साउने नियतका साथ काम गरिरहेको व्यवसायीहरुको आरोप छ । अहिले यहाँका अधिकांश बैंकको लगानी अनुत्पादक क्षेत्रमा छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : २० बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन