१९ माघ २०८२, सोमबार | February 2, 2026

पोखराका व्यवसायी आन्दोलित, राष्ट्रबैंक घेर्ने चेतावनी



पोखरा । बैंक तथा वित्तिय संस्थाले अस्वभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन् । होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ ।

संघ अन्तर्गतका ब्यवसायी भेला भएर बैंक तथा वित्तिय संस्था विरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने र ब्याजदर नघटाए आन्दोलन सुरु हुने बताए । ‘तिहारसम्म हेर्छौं । नभए राष्ट्रबैंक र अर्थमन्त्रालय घेर्ने निर्णय भएको छ,’ उनले भने, ‘७ प्रतिशतमा लिएको ब्याज अहिले १८ प्रतिशत पुग्यो । हामीले कसरी तिर्ने यत्रो ब्याज रु’

कोरोनाले थलिएको ब्यवसायमा चर्को ब्याजदरले झनै आक्रान्त पारेको उनको भनाई छ । होटल संघ मात्रै होइन, पोखराका उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग बाणिज्य संघ पनि बैंकविरुद्ध खनिएको छ । संघले बैठक नै बसेर आन्दोलनका कार्यक्रम तय गरेको छ । संघले ब्याजदर १ अंकमा झार्न माग राखेको छ । उद्योग व्यवसाय कोभिडका कारण थलिएको र अहिले बैंक तथा वित्तिय संस्थाले ब्याजदर बढाएपछि झनै आक्रान्त हुने अवस्था आएको संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।

‘बैंकहरुले ब्याजदर अस्वभाविक रुपमा बढाए । सबै बाँच्नुपर्छ । तर यो त अति भएन र रु,’ उनी भन्छन्, ‘आइतबार सरोकारवालाको बैठक राखेका छौं । बैठकले जे निर्णय गर्छ त्यही कार्यान्वयन हुन्छ ।’ उनले आन्दोलन गर्नुको विकल्प नभएको बताए । व्यवसायीले आरोप लगाए जस्तो बैंकले ब्याजदर नबढाएको बैंकहरुको भनाइ छ । अहिले डिपोजिटमा पनि दर बृद्धी भएको छ । त्यतिमात्रै होइन, बजारमा मुद्रा तरलता नभएका कारण लगानी गर्ने पैसा नभएको उनीहरुले बताए ।

बैंकले आफूखुशी ब्याजदर बढाएपनि नियामक निकाय राष्ट्र बैंक चुप छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज ७ प्रतिशतबाट १५ प्रतिशत हुँदै अहिले १८ प्रतिशतसम्म पुगेको छ । वित्तीय संस्थाले ४० प्रतिशत सम्म लाभांश बाँड्दा घाटामा रहेको व्यवसायिक क्षेत्रलाई भने तर्साउने नियतका साथ काम गरिरहेको व्यवसायीहरुको आरोप छ । अहिले यहाँका अधिकांश बैंकको लगानी अनुत्पादक क्षेत्रमा छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : २० बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको