८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

एनआरएनए सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९’बाट सम्मानित



काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद एनआरएनएका सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९’बाट सम्मानित भएका छन ।

शनिबार फोकस नेपालले रास्ट्रीय नाचघर जमल काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना बिशेष सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा समारोहका बीच न्यौपानेलाई सम्मान गरेका हुन् ।

झापामा जन्मिई मलेसियालाई आफ्नो कर्मभुमी बनाएका न्यौपाने विगत २ दशक देखी बिदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागी बिभिन्न क्षेत्रमा सकृय रहेका छन । हाल मलेसियामा एटी सेक्युरिटी कम्पनी संचालन गर्दै १००० भन्दा बढी नेपालीलाई रोजगारी दिईरहेका न्यौपाने विकास हाईड्रोपावर कम्पनि नेपालका अध्यक्ष पनि हुन । न्यौपानेले हाईड्रोपावरसङ्गै ट्राभल्स,बैंकिंग,रियल स्टेट क्षेत्रमा पनि नेपालमा लगानी गरेका छन ।

उपराष्ट्रपतिको हातबाट सम्मान ग्रहण पाउँदा आफूलाई गर्व महशुस भएको न्यौपानेले प्रतिक्रिया दिदै आगामी दिनमा पनि थप सामाजिक कार्य गर्दै अगाडी बढ्ने बताए । उनले आफुले निस्वार्थ रुपमा गरेको समाजसेवाकै आधारमा सम्मानित गरिएकोमा सम्माननीय उपरास्ट्रपतिप्रति आभार ब्यक्त गरे ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र क्षेत्रीलगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूको पनि सम्मान सहित संस्कृति झल्कने पञ्चेबाजा गीत सङ्गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : ३६ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि