२ श्रावण २०८३, शनिबार | July 19, 2026

एनआरएनए सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९’बाट सम्मानित



काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद एनआरएनएका सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९’बाट सम्मानित भएका छन ।

शनिबार फोकस नेपालले रास्ट्रीय नाचघर जमल काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना बिशेष सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा समारोहका बीच न्यौपानेलाई सम्मान गरेका हुन् ।

झापामा जन्मिई मलेसियालाई आफ्नो कर्मभुमी बनाएका न्यौपाने विगत २ दशक देखी बिदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागी बिभिन्न क्षेत्रमा सकृय रहेका छन । हाल मलेसियामा एटी सेक्युरिटी कम्पनी संचालन गर्दै १००० भन्दा बढी नेपालीलाई रोजगारी दिईरहेका न्यौपाने विकास हाईड्रोपावर कम्पनि नेपालका अध्यक्ष पनि हुन । न्यौपानेले हाईड्रोपावरसङ्गै ट्राभल्स,बैंकिंग,रियल स्टेट क्षेत्रमा पनि नेपालमा लगानी गरेका छन ।

उपराष्ट्रपतिको हातबाट सम्मान ग्रहण पाउँदा आफूलाई गर्व महशुस भएको न्यौपानेले प्रतिक्रिया दिदै आगामी दिनमा पनि थप सामाजिक कार्य गर्दै अगाडी बढ्ने बताए । उनले आफुले निस्वार्थ रुपमा गरेको समाजसेवाकै आधारमा सम्मानित गरिएकोमा सम्माननीय उपरास्ट्रपतिप्रति आभार ब्यक्त गरे ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र क्षेत्रीलगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूको पनि सम्मान सहित संस्कृति झल्कने पञ्चेबाजा गीत सङ्गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : ३६ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल