९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

लक्ष्मीपूजाको साँझ देभभर १३ सय ५ मेघावाट बिजुली मात्र खपत, २ सय मेघावाट खेर गयो



काठमाडौं । कुनै समय १८ घण्टासम्मको लोडसेडिङ व्यहोरेको देशले सबैभन्दा धेरै बिजुली खपत हुने दिन लक्ष्मीपूजाको दिनमा पनि बिजुली खेर जाने अवस्था आएको छ ।

नेपाल विद्युत प्राधिकरणले आज सोमबार लक्ष्मीपूजाको दिनमा दुई सय मेघावाट बिजुली खेर गएको जनाएको छ ।

प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार आज साँझको पिक आवरमा देशभित्र १३ सय ५ मेघावाट बिजुली मात्र प्रयोग भएको जनाएको छ । प्राधिकरणले आज पनि ३८० मेघावाट बिजुली भारत निर्यात गरेको थियो । देशभित्र खपत भएको र भारत निर्यात गरी १६ सय ८५ मेघावाट बिजुली निर्यात भएपनि दुई सय मेघावाट बिजुली खपत हुन नसकी खेर गएको प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाको दिन सबैभन्दा धेरै बिजुली खपत हुने गर्छ । यसअघि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बढी भन्दा बढी बिजुली प्रयोग गर्न आग्रह गरेका थिए । बिजुली खपतको अवस्था हेर्न घिसिङ स्यूचाटारस्थित भारप्रेषण केन्द्रमा आफै पुगेका थिए ।

उत्पादनमा वृद्धि र प्राधिकरण नेतृत्वको कुशल व्यवस्थापनको संयोजनका कारण नेपालमा बिजुलीको अभाव समाप्त भएको छ ।

२०७३ सालको लक्ष्मीपूजाकै दिनबाट प्राधिकरणले लोडसेडिङ समाप्तिको बाटो तय गरेको थियो । त्यसअघिसम्म भने दिनमै १८ घण्टासम्म् लोडेसेडिङ हुनेगरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : १० बजे

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज

काठमाडौं जोड्ने राजमार्ग बन्द : यातायात आवागमन ठप्प

काठमाडौं । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका