१६ बैशाख २०८१, आइतबार | April 28, 2024

लक्ष्मीपूजाको साँझ देभभर १३ सय ५ मेघावाट बिजुली मात्र खपत, २ सय मेघावाट खेर गयो



काठमाडौं । कुनै समय १८ घण्टासम्मको लोडसेडिङ व्यहोरेको देशले सबैभन्दा धेरै बिजुली खपत हुने दिन लक्ष्मीपूजाको दिनमा पनि बिजुली खेर जाने अवस्था आएको छ ।

नेपाल विद्युत प्राधिकरणले आज सोमबार लक्ष्मीपूजाको दिनमा दुई सय मेघावाट बिजुली खेर गएको जनाएको छ ।

प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार आज साँझको पिक आवरमा देशभित्र १३ सय ५ मेघावाट बिजुली मात्र प्रयोग भएको जनाएको छ । प्राधिकरणले आज पनि ३८० मेघावाट बिजुली भारत निर्यात गरेको थियो । देशभित्र खपत भएको र भारत निर्यात गरी १६ सय ८५ मेघावाट बिजुली निर्यात भएपनि दुई सय मेघावाट बिजुली खपत हुन नसकी खेर गएको प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाको दिन सबैभन्दा धेरै बिजुली खपत हुने गर्छ । यसअघि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बढी भन्दा बढी बिजुली प्रयोग गर्न आग्रह गरेका थिए । बिजुली खपतको अवस्था हेर्न घिसिङ स्यूचाटारस्थित भारप्रेषण केन्द्रमा आफै पुगेका थिए ।

उत्पादनमा वृद्धि र प्राधिकरण नेतृत्वको कुशल व्यवस्थापनको संयोजनका कारण नेपालमा बिजुलीको अभाव समाप्त भएको छ ।

२०७३ सालको लक्ष्मीपूजाकै दिनबाट प्राधिकरणले लोडसेडिङ समाप्तिको बाटो तय गरेको थियो । त्यसअघिसम्म भने दिनमै १८ घण्टासम्म् लोडेसेडिङ हुनेगरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : १० बजे

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका