८ पुस २०८२, मंगलबार | December 23, 2025

रुपन्देहीको विकास देश विकासको आधार : गृहमन्त्री खाँण



भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले मध्य भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र ९सेज० लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा सम्पदाहरु रहेकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं रुपन्देही ३ बाट पाँचदलीय गठबन्धनका प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाँणले गठबन्धनद्वारा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै रुपन्देहीमा आर्थिक तथा पर्यटकीय पूर्वाधार विकास जति धेरै गर्न सकियो, त्यति नै समग्र मुलुकको विकासका लागि कोशेढुंगा हुने जनाए । ‘पूर्वाधार मात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी बृद्धि लगायतका क्षेत्रमा पनि रुपन्देहीलाई अब्बल र विकसित बनाउन सरकारले कुनै किसिमको कमी हुन दिँदैन’, गृहमन्त्री खाँणले भने, ‘चुनावपछि बन्ने गठबन्धन सरकारले यस कुरामा ध्यान दिन्छ, मैले ध्यान दिन्छु, रुपन्देहीमा हुने सबै किसिमका विकासमा बजेट अभाव हुने छैन ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई यात्रुु बाहकको साथै कार्गो सेन्टरको रुपमा विकसित गरेर भैरहवालाई आर्थिक हव बनाउने अवसर पनि रहेको उनले बताए । ‘खाली यात्रुु ल्याउने लैजाने मात्र होइन्,’ गृहमन्त्री खाँणले भने, ‘गौतमबुद्ध विमानस्थललाई कार्गो सेन्टरको रुपमा पनि विकसित गरी रुपन्देहीलाई आर्थिक केन्द्र बनाउन सकिने अवसर हामीसँग छ । यसतर्फ पनि सरकार लागिरहेको छ । यो कामले छिट्टै पूर्णता पाउने छ ।’

खाँणले बिदेबाट हवाई मार्ग हुँदै ल्याउनुपर्ने मालसामान गौतमबुद्ध विमानस्थल हुँदै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउन वातावरण सिर्जान हुँदा हजारौं रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने विश्वास दिलाए ।

उनले नेपाली जनतालाई नै नेपालको मालिक बनाउन पाँच दलीय गठबन्धन बनेको दावी गरे । ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने काम यही गठबन्धनबाट हुन्छ,’ उनले भने, ‘संविधानको पालना गर्दै यहाँ भित्र भएका कमीकमजोरी संशोधन गर्न पनि निर्वाचनपछि गठबन्धनकै सरकार आवश्यक छ ।’

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  २ : ३२ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक