२१ भदौ २०८३, आइतबार | September 6, 2026

आइसल्याण्डबाट सूर्यग्रहण सुरु, नेपालका यी स्थानबाट हेर्न सकिन्छ



काठमाडौं । सूर्य ग्रहण आइसल्याण्डबाट सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आइसल्याण्डको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको हो ।

भारतमा स्थानीय समयअनुसार ४ बजेर २९ मिनेटमा सुरु हुनेछ भने नेपालमा ४ बजेर ४७ मिनेटमा देखिनेछ । काठमाडौंमा ४:५४ मिनेटमा देखिनेछ ।

यस्तै पोखरामा ४ :५१ मा, भद्रपुरमा ४:५८, जनकपुरमा ४:५८, महेन्द्रनगरमा ४:४७ बजे सूर्य ग्रहण देखिने वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले जनाएको छ ।

काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ ।

नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैन ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : २६ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा