३ पुस २०८२, बिहिबार | December 18, 2025

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

प्रधानमन्त्री देउवाले निर्वाचनलाई निस्पक्ष बनाउन सरकारले सबै प्रबन्ध गरिसकेको बताए । नेपाल सम्वत ११४३ को अवसरमा बुधवार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै देउवाले निर्वाचनमा ढुक्क भएर मतदान गर्न सबै मतदातालाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले नागरिकप्रति प्रतिवद्ध भइ काम गर्नसके मात्र देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताए । उनले नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताउँदै उनीहरुलाई गरिबीको रेखामाथि उकास्नु सरकारको दायित्व भएको बताए ।

प्रधानमन्त्री देउवाले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए । उनले नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको धारणा समेत राखे ।

त्यसअवसरमा अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १२ : २४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका