२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

विधि मिचेर गृहमन्त्रीलाई गरिएको म्ह पूजाप्रति आपत्ति



बुटवल । रुपन्देहीको भैरहवामा बिधि नपुर्याई गृहमन्त्री बालकृष्ण खाँणलाई गरिएको म्ह पूजाको संस्कृतिविद इतिहासकार विमलबहादुर शाक्यले आपत्ति जनाएका छन् । खबुरकुरासँग कुरा गर्दै शाक्यले राम्रो उद्देश्यकालागि गृहमन्त्रीलाई म्ह पूजामा सरिक गराइएपनि बिधि र परम्पराबिना गरिएको म्ह पूजाले नेवाः संस्कृतिको अपमान भएको बताएका छन् ।

नेवाःको छुट्टै पहिचान, संस्कृति, बिधि र बिधान रहेको उल्लेख गर्दै उनले संस्कृति परम्परा र बिधिको पालना नगर्दा नयाँ पुस्तामा गलत सन्देश जाने उल्लेख गरे । भैरहवामा गरिएको म्ह पूजाबारे आफुलाई थाहा नभएपनि शोफामा राखेर दिउँसै खुल्ला स्थानमा बिना मण्डल म्ह पूजा गरिएको हो भने त्यो गलत भएको उनले बताए ।

गृहमन्त्रीलाई म्ह पूजामा सामेल गराउनु अति उत्तम काम भएको र गृहमन्त्री आउनु अझै राम्रो कुरा भएको पनि उनले बताए । ‘गृहमन्त्री ज्युको कुने दोष छैन, उहाँ आउनु भयो राम्रो हो , तर हामीले रिती र बिधि पुर्याएर उहाँको म्ह पुजा गर्नु पर्थ्यो, त्यो भएन, गलत भयो ।’ उनले भने ।

नेवाः खल भैरहवाले बुधबार बिहान गृहमन्त्री खाँणलाई बोलाएर मण्डल र दिप प्रज्वलन बिना म्ह पूजा गराएको थियो । बिधिको विषयमा खबरकुराको जिज्ञासामा खलका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले नेवाःको चलन यस्तै हो भनेर जवाफ दिएका थिए ।

यस्तो हो बिधि
यस पूजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुँईमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल वनाइन्छ । यस वाहेक सबै भन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुई वटा थप मण्डल देवताका लागि वनाइन्छ । यस वाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचोको लागि पनि मण्डल वनाइन्छ । मण्डललाई रँगहरू प्रयोग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले सजाइन्छ ।

पूजाका लागि परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी वस्नु पर्दछ । परिवारको सवैभन्दा जेठी आमाले शुरूमा सूर्य रूपी सुकुण्डालाई पुजा गरी सवै मण्डलहरू पुजा गर्दछ । तत् पश्चात् सबैलाई ‘धौ सगँ’ दहिको सगुन दिइन्छ । त्यस पछि सवैले लामो कपडाको वत्ती ‘खेलु इताः’ मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पुजा गरी जेठी आमाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिई भातको जाँड वा दही तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड वा दही थप्दा कचौरा भुँईमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने आमालाई यथाश्रद्धा दक्षिणा दिइन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ९ : १७ बजे

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय