२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक, संसद भंग नगर्ने प्रतिज्ञा (पूर्णपाठसहित)



काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय सानेपामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले अबको सरकारको नेतृत्व पनि आफ्नै पार्टीको हुने दाबी गर्दै संकल्प पत्र नामको घोषणापत्र तयार पारेको हो । घोषणापत्रमा कांग्रेसले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा पनि गरेको छ ।

घोषणापत्रअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसको आधिकारिक नारा ‘संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ रहेको छ ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले एक महिना लगाएर घोषणापत्र तयार पारेको हो । यसअघि तिहार अघि घोषणापत्र सार्वजनिक गर्ने भनिए पनि कांग्रेसले आज मात्र सार्वजनिक गरेको हो ।

घोषणापत्र लेखनका लागि विभिन्न उपसिमिति बनाएर विषयगत छलफल गरिएको थियो ।

घोषणापत्रमा कांग्रेसले दलभित्रको विवादलाई आधार बनाएर प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको हो । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको झगडालाई आधार बनाएर दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए । तर दुवै पटक सर्वोच्च अदालतले सो निर्णय खारेज गरिदिएको थियो । यसैलाई काउन्टर गर्न कांग्रेसले के गर्छौं के गर्दैनौं भन्ने प्रतिज्ञामा कांग्रेसले भनेको छ, ‘दलहरुको आन्तरिक विवाद र फरक दलहरको बीचमा उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं ।’

कांग्रेसले सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहोन नगर्ने प्रतिज्ञा पनि गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ११ : २१ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु