२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक, संसद भंग नगर्ने प्रतिज्ञा (पूर्णपाठसहित)



काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय सानेपामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले अबको सरकारको नेतृत्व पनि आफ्नै पार्टीको हुने दाबी गर्दै संकल्प पत्र नामको घोषणापत्र तयार पारेको हो । घोषणापत्रमा कांग्रेसले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा पनि गरेको छ ।

घोषणापत्रअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसको आधिकारिक नारा ‘संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ रहेको छ ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले एक महिना लगाएर घोषणापत्र तयार पारेको हो । यसअघि तिहार अघि घोषणापत्र सार्वजनिक गर्ने भनिए पनि कांग्रेसले आज मात्र सार्वजनिक गरेको हो ।

घोषणापत्र लेखनका लागि विभिन्न उपसिमिति बनाएर विषयगत छलफल गरिएको थियो ।

घोषणापत्रमा कांग्रेसले दलभित्रको विवादलाई आधार बनाएर प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको हो । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको झगडालाई आधार बनाएर दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए । तर दुवै पटक सर्वोच्च अदालतले सो निर्णय खारेज गरिदिएको थियो । यसैलाई काउन्टर गर्न कांग्रेसले के गर्छौं के गर्दैनौं भन्ने प्रतिज्ञामा कांग्रेसले भनेको छ, ‘दलहरुको आन्तरिक विवाद र फरक दलहरको बीचमा उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं ।’

कांग्रेसले सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहोन नगर्ने प्रतिज्ञा पनि गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ११ : २१ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर