२१ माघ २०८२, बुधबार | February 4, 2026

रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन र जनमुक्ति पार्टीबीच तालमेल



बुटवल । पाँच दलीय सत्तारुढ गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक भएर जाने भएका छन् ।

शनिबार सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रहरुमा साझा उम्मेदवार तय गर्दै एक आपसमा सघाउने घोषणा गरेका हुन् ।

जसअनुसार रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई सघाउने भएको छ । यहाँ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिलाई रोजेको हो ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २, तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा जनमुक्ति पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने छ । जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा डिबी थापा, प्रदेशसभा १ मा विमला गुरुङ र प्रदेशसभा २ मा छत्रबहादुर दर्लामी, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा मोजिद अली, प्रदेशसभा २ मा मीनबहादुर पल्लीमगर लाई सघाउने निर्णय भएको गठबन्धन र जनमुक्तिले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा गठबन्धनका तर्फबाट वार्ता समिति संयोजक राजु गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, लोसपाका अजय बर्मा, नेपाल समाजवादी पार्टीका कमल खनालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : ३६ बजे

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१