२१ भदौ २०८३, आइतबार | September 7, 2026

जुम्लामा बाढीपहिरोले अवरुद्ध प्रसारणलाइन सञ्चालनमा



जुम्ला । बाढी पहिरोले अबरुद्ध भएको राष्ट्रिय प्रशारण लाइन सञ्चालनमा आएको छ । कर्णाली राजमार्गसँगै विद्युतसमेत अवरुद्ध भएको थियो । कर्णाली राजमागर्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको थिएन । तर, निरन्तरको कामले विद्युत सूचारु गर्न सफल भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण जुम्लाका प्रमुख नरेशदत्त रावललका अनुसार क्षति भएको स्थानमा मर्मतको काम सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत आपूर्ति भएको छ । आधा महिना बढी समयसम्म विद्युत अवरुद्ध हुँदा जुम्ला अध्यारो भएको थियो ।

नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको विजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाइएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ५ : ०२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त