२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज (आइतबार)देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । यस्तै, मुलपानीमा हुने खेलमा पुलिस र बागमती भिड्ने छन् ।

क्यानका अनुसार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने प्रत्येक टिमले ५० हजार रुपैयाँ पाउने छन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र ब्याटरले २०–२० तथा इमर्जिङ खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ । प्रत्येक खेलका प्लेयर अफ दी म्याचले ५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने छ । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरी लिक कम नकआउट पद्धतिमा प्रतियोगिता हुनेछ ।

समूह ‘ए’मा एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेस र प्रदेश १ छन् ।

 

 

 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ०९ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु