५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

नेपाल बैंकको ब्याज आम्दानी बढ्यो, तर खुद नाफा घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको खुद नाफा १९.९७ प्रतिशतले घटेर ६० करोड ४० लाख ९८ हजार रुपैयाँमा सीमित बनेको छ ।

गत वर्षको यसैअवधिमा भने ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १४.९६ प्रतिशतले बढेर १ अर्ब ९० करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्जसँगै कर्मचारी खर्च पनि बढेको छ । जसका कारण सञ्चालन नाफा १६.४३ प्रतिशतले घटेर ७९ करोड ४० लाख २९ हजार रुपैयाँमा सीमित भएपछि खुद नाफामा गिरावट आएको हो । वितरणयोग्य नाफा भने घटेको छ । वितरणयोग्य नाफा ६५ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

खुद नाफामा गिरावट आएका कारण बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १२ पैसाले घटेर १६ रुपैयाँ ७७ पैसा (वार्षिक) मा सीमित भएको छ । नेपाल बैंकको प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ ५५ पैसा छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ५४ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया