१ पुस २०८२, मंगलबार | December 16, 2025

गृहमन्त्री खाणको ६७ बुँदे छुट्टै संकल्पपत्र सार्वजनिक, जनमुक्तिले समर्थन गर्ने घोषणा



भैरहवा । गृहमन्त्रीसमेत रहेका रुपन्देही- ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले छुट्टै संकल्पपत्र सार्वजनिक गरेका छन् । उनी उम्मेदवार बनेको पार्टी नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेको भोलिपल्ट उम्मेदवार खाणले जनतासामु आफ्नो ६७ बुँदे छुट्टै संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु, निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्प पत्र बनाएका छन् । मुख्यतया भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरुलाई जोड दिइएको छ ।

पहिलो बुँदामा नै भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औधोगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने भनिएको छ । त्यस्तै सिद्धार्थनगरमा चक्रपथ, बुटवल सुनौली हाइवेमा मेट्रोको सम्भाव्यता अध्ययन गर्ने, राजमार्ग स्तरोन्नति र सडम पूर्वाधारमा जोड, कारागार स्थानान्तरण, अटोभिलेज व्यवस्थापन, कृषि, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, खेलकुद लगायतका विषय संकल्पपत्रमा छन् ।

सिद्धार्थनगरभन्दा बाहिर रहेका विषयलाई पनि सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक सेजमा विद्युतीय सबस्टेशन निर्माण तथा व्यवस्थित संचालनका लागि नितिगत निर्णय गर्ने, पोखरा सम्मको सिद्धार्थ राजमार्गलाई स्तारोन्नती गर्ने, मर्चवारदेखि मुस्ताङ सडक निर्माणलाई विशेष रुपमा प्रारम्भ गर्न पहल गर्ने, भारतले निर्माण गर्ने एकिकृत भन्सार प्रणाली तत्काल निर्माण प्रारम्भ गर्ने लगायतका बुद्धाहरु संकल्प पत्रमा निर्वाचित भएपछि पूरा गर्ने उल्लेख छ ।

संकल्पपत्र सार्वजनिक कार्यक्रममा गठबन्धनलाई राष्ट्रिय जनमुक्ति पार्टीले पनि सहयोग गर्ने गरि समर्थन गरेको छ । गृहमन्त्रीको प्रतिस्पर्धीको रुपमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीको उम्मेदवार मोजिब अलीले खाणलाई समर्थन गर्दै तालमेल गरेको बताए ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ५० बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा