२१ माघ २०८२, बुधबार | February 4, 2026

बाँके-३ मा सुल्झिएन माओवादीमा गुटबन्दीको रोग, गुट संरक्षणमा केन्द्रकै नेताहरु सक्रिय



खजुरा । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादीबाट राजीनामा दिएका केही समुहले माओवादीका आधिकारीक उम्मेदवार आईपी खरेलका विरुद्ध स्वतन्त्र उम्मेदवारको प्रचारमा जुटेका बेला माओवादी केन्द्रको भेलाले पार्टीका उम्मेदवार खरेलको चुनावी प्रचार व्यवस्थापन गर्न ७५१ सदस्सीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय सदस्य अन्जना चौधरी, नरेन्द्र न्यौपाने उषा पुन लगायतका नेताहरुको उपस्थितीमा निर्वाचन परिचालन समिति गठन गरिएको माओवादीका उम्मेदवार आईपी खरेलले जानकारी दिए । सो भेलामा माओवादीका बाँके ईन्चार्ज पूर्णाकुमारी सुबेदी जिल्ला संयोजक डम्बर बिक तुफान भने देखिएनन् ।

माओवादीको केन्द्रीय कार्यालयबाट खरेलको नाममा टिकट आएर उम्मेदवारीको प्रक्रिया अगाडी बढि सकेपछि बाँके ३ मा स्थानीय केही माओवादी नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका दलबहादुर सुनारलाई माओवादीमा प्रवेश गराएर तीनै सुनारलाई गठबन्धनको आधिकारीक उम्मेदवार भएको भन्दै प्रचारमा जुटेका छन् । माओवादी सुप्रिमो प्रचण्ड सहित सत्ता गठबन्धनका शिर्ष नेताहरुले खरेलनै गठबन्धनको आधिकारीक उम्मेदवार भएको परिपत्र गरेपनि बाँके ३ मा भने जिल्ला संयोजक डम्बर बिककै अगुवाईमा स्वतन्त्र उम्मेदवारको पक्ष र केही केन्द्रीय नेताहरु सहितको अगुवाईमा खरेलको पक्षमा छुट्टाछुट्टै टिम बनाएर प्रचारमा जुटेका छन् ।

पार्टीको जिल्ला नेतृत्वले स्वतन्त्र उम्मेदवार सुनारलाई समर्थन गरिदिएपछि गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका काँग्रेस सहमहामन्त्री समेत रहेका किशोर सिंह राठौर कहिले सुनारसँग त कहिले खरेलसँग चुनावी सभामा देखिने गरेका छन् । एउटै निर्वाचन क्षेत्रमा गठबन्धनले फरक फरक प्रदेशसभाको उम्मेदवारलाई प्रस्तुत गर्दा मतदाता भने अन्यौलमा परेका छन् ।

बाँकेमा देखिएको माओवादी भित्रको फरक फरक गुटको जालो पार्टी केन्द्र सम्मकै गुटको जालो रहेको माओवादी स्रोतले दाबी गरेको छ । स्वतन्त्र उम्मेदवार बोकेर हिंडेका जिल्ला नेतृत्वलाई माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माको आशिर्वाद रहेको र अर्का पार्टीका चुनाव चिन्ह बोकेका उम्मेदवार खरेललाई लुम्बिनी प्रदेश ईन्चार्ज वर्षमान पुनको संरक्षण रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ५२ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल