७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जनताले खोजेको स्थिरता र स्वतन्त्र अभियानको गन्तव्य



स्वतन्त्र भन्नाले के बुझ्ने र कसलाई बुझ्ने भन्ने कुरा सधै बहसको विषय बन्न सक्छ । कस्तो मानिसलाई पूर्ण रूपमा स्वतन्त्र मानिस भन्ने ? यस्तै मानिसलाई त होला, जो आफूलाई मन परेका बेलामा, मन परेका ठाउँमा मन परेको काम गर्न पाउँछ, अथवा उसलाई केही पनि काम नगरौं जस्तो लाग्यो भने, त्यसो गर्न पनि पाउँछ। यस्तो मान्छे संसारमा भेटिँदैन। यस्तो मान्छे संसारमा कहिल्यै हुन पनि सक्दैन।

लेखक

नेपालमा २०७४ र त्यो भन्दा पहिलाको चुनावमा अर्को शब्दावली चर्चित थियो वैकल्पिक शक्ति । उज्ज्वल थापाले गठन गरेको विवेकशील नेपाली दल होस वा बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति सबैले आफुलाई वैकल्पिक राजनैतिक धार भनेर चिनाउन खोजे तर तिनी वैकल्पिक भनिएका दलको अस्तित्व नै खोज्न पर्ने अवस्थामा पुगे र कहिले पनि सफल भएन ।

स्वतन्त्र-१
२०७९ सालको स्थानीय चुनावमा अर्को शब्द चर्चित भयो ‘स्वतन्त्र’ र राजधानीकै महानगरमा कुनै दलको औपचारिक समर्थन विना ईन्जिनियर वालेन्द्र शाहाले उम्मेदवारी दिनु र सानदार विजय हुनुले त्यो शब्द लोकप्रिय बन्दै गयो र एउटा अभियानको रुप लिएको सबैले स्विकार्नै पर्छ र त्यस्तै धरानमा समेत कुनै दलको समर्थन नरहेका हर्क साम्वाङको जितले समेत त्यसलाई मलजल गरेको छ ।

हर्क र बालेन्द्रको विजयले युवाहरुमा एक प्रकारको हुरी लाग्यो आफुलाई स्वतन्त्र घोषणा गर्ने बालेन्द्रसंग जोड्न लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बन्ने । बालेन्द्र आफु आफ्नो अस्तित्व आफै निर्माण गरेका छन तर तिनको चुनाव चिन्हको लोकप्रियताको प्रयोग गर्दै आफुलाई बालेन्द्रकै प्रतिनिधि भन्दै देशव्यापी रुपमा नयाँ नयाँ अनुहार आउन थालेका छन् । बालेन्द्र लौरोको कारण ब्राण्ड बनेका थिएनन् । तर, बालेन्द्रको विजयले लौरोलाई ब्राण्डिङ गर्यो । बालेनको त्यही ब्राण्डलाई समातेर चतुर ईन्जिनियरको रुपमा चर्चित ईन्जिनियर माओवादीको कोटामा लुम्बिनी प्रदेशको विकास प्राधिकरणमा नियुक्ति लिएका अन्नत घिमिरेले लौरो चुनाव चिन्ह राखेर हाम्रो नेपाली पार्टि दर्ता गरे । घिमिरे यस अघिनै लुम्बिनी प्रादेशिक अस्पतालको घोटाला सार्वजनिक भए पछि राजिनामा गरेर अवसरको खोजिमा थिए । उनैको नेतृत्वमा पछि स्वतन्त्र उम्मेदवारको लौरो अभियान गठन भयो र हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह बनाएर लौरो प्रयोग गरेर देश भर स्वतन्त्र उम्मेदवार भन्दै भ्रम छर्ने काम गरिरहेका छन् ।

के लौरोबाट जित्ने स्वतन्त्र हुन्छन ?
लौरोबाट निर्वाचनमा जित्ने उम्मेदवार कदापि स्वतन्त्र हुदैनन् । लौरो चुनाव चिन्ह लिएर कुनै उम्मेदवारले जिते भने त्यसलाई निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीको सांसदका रुपमा पहिचान गर्नेछ । समानुपातिकमा समेत सो दलले उम्मेदवार सिफारिस गरेको छ । त्यसैले कोहि लौरो चुनाव चिन्हबाट जित्ने अवस्था रह्यो भने निजहरुलाई सो पार्टीको ह्विप लाग्ने छ । अनन्त घिमिरे माओवादीका चतुर नेता प्रचण्डले परिचालन गरेको व्यक्ति भएकै कारण लौरोबाट जितेका उम्मेदवारहरु प्रचण्ड प्रति नै जवाफदेही हुने सम्भावना रहन्छ ।

स्वतन्त्र-२
त्यसै गरि स्वतन्त्रको नाममा अर्को पार्टी समेत दर्ता गरिएको छ । लामो समयसम्म पत्रकारिताबाट चर्चा बटुलेका रवि लामिछाने चुनावको मुखैमा स्वतन्त्र शब्दको प्रयोग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर घण्टी चुनाव चिन्ह प्रयोग गरेका छन । नाम स्वतन्त्र राखे पनि पार्टीको दर्शन र सिद्धान्तको विषयमा मौन रहेको सो पार्टी हो र पार्टी कहिले पनि स्वतन्त्र हुन सक्दैन तसर्थ घण्टीबाट चुनाव लड्नेहरु समेत राष्ट्रिय स्वतन्त्र पार्टिको सांसद सदस्यको रुपमा आयोग र सचिवालयले पहिचान गर्नेछ ।

यसरी हेर्दा स्वतन्त्र नाम प्रयोग गरेर जनताको आखामा छारो हाल्ने काम भएको प्रस्ट हुन्छ । स्वतन्त्र पार्टी र लौरो को नाममा खेलिएको फोहोरी षड्यन्त्र जनताको माझ उदाङ्गो हुन आवश्यक छ ।

संसदीय अभ्यासमा रहेको देशमा कुनै राजनैतिक दलको सदस्य नरहेको र दलको सिफारिस विना उम्मेदवारी दर्ता गरेकालाई स्वतन्त्र भनेर संसद सचिवालय र निर्वाचन आयोगले पहिचान गर्छ तर कुनै एक पार्टीबाट उम्मेदवार भएकाहरु स्वतन्त्र हुन सक्दैन । त्यो कुरा निर्वाचन आयोगले जारी गरेको वक्तव्यमा समेत उल्लेख गरिएको छ । अतः स्पष्ट रुपमा भन्दा अहिले स्वतन्त्र भनेर लागेकाहरु स्वतन्त्र हैनन् । त्यसैले यिनिहरु २०७४ सालको निर्वाचनमा वैकल्पिक धार भनेर परिचालन गरिए जस्तै परिचालित छन तर सबै सो चिन्हका उम्मेदवारले स्पष्ट रुपमा बुझन सकेका छैनन् । अहिलेका स्वतन्त्र भनिएकाहरु सँसदमा पुगेको अवस्थामा सरकार बनाउने र गिराउने खेलमा उपयोग हुने प्रष्ट छ । स्तम्भकारको नजरबाट मुलतः राजनैतिक अस्थिरताको खेलको रुपमा नै स्वघोषित स्वतन्त्रहरु उपयोग हुने ठहर छ ।

राजनीति एउटा चतुरता र अवसरको खेल हो जुन हावाको जालमा जनता सधैं पर्दै आएका छन । स्थिरता चाहने जनताले एउटा दललाई स्पष्ट बहुमत दिनु पर्छ । स्थिरता चाहाने युवाले कुनै अमुक व्यक्तिलाई नेता बनाउन आफ्नो शक्ति प्रयोग गर्नुभन्दा पनि एउटा पार्टीलाई स्पष्ट बहुमत दिने गरि मतदान गर्नु पर्छ । एउटा संसदले एउटा सरकार मात्र बनाउन पाउछ । उसले बनाएको सरकार काम गर्न सकेन भने अरु विकल्प तिर जाने हैन अर्को चुनावमा जाने परिपाटीको विकास गर्नुपर्छ ।

बुटवल -१३, वेलवास

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ४८ बजे

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले