२१ माघ २०८२, बुधबार | February 4, 2026

कक्षपति र खत्री जिताउन कस्सिए पुर्वपञ्च फत्तेसिंह थारु



खजुरा । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३(१)मा नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेदवारद्धयलाई जिताउन पूर्व पञ्च फत्तेसिंह थारुले मैदानमै कमाण्ड सम्हाल्न पुगेका छन् । क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभामा किस्मत कुमार कक्षपति र प्रदेशसभाका रत्न खत्री राप्रपाको समर्थनमा उम्मेदवार बनेका कारण थारु कमाण्ड सम्हाल्न पुगेका हुन् । एमालेको तर्फबाट उम्मेदवार कक्षपति र खत्रीको प्रचारमा राप्रपाका बरिष्ठ नेता रहेका थारु सोमबार दिनभर बैजनाथ गाउँपालिकाका विभिन्न गाउँको घरदैलोमा सहभागी भएका छन् ।

केही दिनयता पुर्वमन्त्री थारुको प्रमुख आतिथ्यतामा प्रदेश ३(१)मा औपचारिक र अनौपचारिक कार्यक्रम भईरहेका छन् । सोमबार आयोजित विभिन्न कार्यक्रममा पञ्चायती व्यवस्थाका पुर्व मनत्री थारुले एमाले उम्मेदवार खत्रीमा युवा जोश र जागर रहेको तथा क्षेत्रको विकासका लागि केही गरौं भन्ने सोच देखिएको बताउँदै एमाले र राप्रपाका संयुक्त उम्मेदवारहरुको विजय सुनिश्चित भएको बताए ।

एमाले बाँके जिल्ला कमिटीका सचिव समेत रहेका उम्मेदवार खत्रीले प्रदेशको विकास र समृद्धिका लागि आफु उम्मेदवार बनेको बताउँदै अन्य पार्टीले पटक–पटक जनतामा असफल भईसकेका ब्यक्तिलाई जबरजस्ती मैदानमा उतारेको टिप्पणी गरे । निर्वाचनपछि प्रत्येक महिना गाउँ आउने र विकास र समृद्धिको विषयमा जनतासँग अन्तरक्रिया गर्ने पनि उनले बताए ।

निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले प्रदेश कमिटीका सदस्य घननाथ खनालले पुर्वमन्त्री थारुको सक्रियताले संयुक्त चुनावी कार्यक्रममा थप रौनकता आएको बताए । एमाले नेताहरु नन्द बिक, गुमान दमाई, मानवहादुर रुचाल, प्रेम सुवेदी, धर्मलाल रोकाय, राप्रपाका नेता ठाकुरसिंह थारु लगायतका नेताहरु सहित बाँके ३ को प्रदेश (१)मा भेटघाट तथा घरदैलो चलिरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ०२ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल