१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

बुटवललाई स्वास्थ्य सुविधामा अब्बल बनाउने गरी काम गर्न नगरप्रमुख पाण्डेयले दिए स्वास्थ्यकर्मीलाई निर्देशन



बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्नस्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् ।

पालिकास्तरीय ०७८/०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बनाउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले बुटवलमा कसैले पनि स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहुने गरी कार्ययोजना बनाउने र त्यसैअनुसारले जनशक्ति परिचालन गर्न जोड दिइने बताए ।

‘हामीले बुटवलभित्रका बासिन्दाले उपचार अभाव भयो, औषधि अभाव भयो र समयमा उपचार गर्न पाइएन भन्ने अवस्था सिर्जना गर्नुहुन्न,’ उहाँले भने–’अहिले हामीसँग उपलब्ध श्रोत साधन र जनशक्तिको भरपूर उपयोग गरेर सेवाप्रवाह गरौं, आगामी दिनमा हाम्रा स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि हुनेछ र थप अस्पतालहरु बन्नेछन्, यसले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउनेछ ।’

उनले बुटवलमा विशिष्टीकृत अस्पताल स्थापनाका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य भइरहेको बताउँदै छिटै नै बुटवल स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बन्ने बताए ।

नगर प्रमुख पाण्डेयले मातृस्वास्थ्य र शिशुस्वास्थ्यमा विशेष चासो दिन र उपचारमा विशेष प्राथमिकता दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह पनि गरे । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य बीमाको कार्यक्रमबारे विज्ञहरुसँग परामर्श भइरहेको र छिटै नै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा पोषणको महत्वपूर्ण भूमिका रहने भएकाले यो कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको बताइन् । उनले बुटवलमा स्वास्थ्य उपचार प्रभावकारी बनाउनका लागि क्रियाशील हुनका लागि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले स्वास्थ्य सुविधा प्रदानका लागि स्वास्थ्यकर्मीहरु प्रतिबद्ध रहेको बताए ।
पालिकास्तरीय ०७८/०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे छलफल हुने शिक्षा तथा जनस्वास्थ्य महाशाखाकी कमला भुसालले जानकारी दिएकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : ४९ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा