२२ मंसिर २०८२, सोमबार | December 8, 2025

लुटपाटमा संलग्न दुई भारतीय नागरिक हतियारसहित पक्राउ



भैरहवा । रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । २३ असोज साँझ चार बजेतिर लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाइ रेमिटयान्सको कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका भारत उत्तर प्रदेश गोरखपुर चिलुवाताल मोहरीपुर भगवानपुरका २८ वर्षीय सुनीलकुमार सहानी र सोही ठाउँको सहजनवा घगसरा बस्ने २६ वर्षीय शशीकान्त भट्टलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल र हतियारसहित पक्राउ गरिएको हो ।

मोग्लहास्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेसनमा काम गर्दै आएका कर्मचारीलाई पिछा गर्दै हतियार देखाई उनीहरूले लुटपाट गरेका थिए । भारतीय नम्बर नखुलेको मोटरसाइकलबाट पिछा गर्दै लुटपाट गरेका उनलाई रुपन्देही प्रहरीले मर्चवारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

भारतमा पनि ‘वान्टेड’ सूचीमा रहेका लुटपाटमा सम्लग्न दुवै जनाको साथबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल र हतियार बरामद गरेको छ । भाईटीकाको दिन साँझ ६ बजे कोटहिमाई गाउँपालिका-१ सिपवास्थित इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूले प्रहरीसँग पनि प्रतिकार गर्न खोज्दा प्रहरी निरीक्षक युवराजजंग कार्कीको हातको औँला फ्याक्चर भएको थियो ।

पक्राउ परेको सहानीको साथबाट सेमी अटोमेटिक पेस्तोल र सो मा लाग्ने म्यागजिन एक थान, पाँच थान गोली र भट्टको साथबाट घरेलु कटुवा पेस्तोल, सो मा लाग्ने एक थान गोलीसहित मोबाइल र कागजात बरामद भएको एसपी रेग्मीले भने ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ४१ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन