१४ असार २०८३, आइतबार | June 28, 2026

तोसिमा कार्कीको पक्षमा अन्तरिम आदेश, आयोगको नाममा कारण देखाउ आदेश



काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।

मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेकी डा.तोसिमा कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । आयोगको खारेजी विरुद्ध नियमित तलब भत्ता नलिने भएको कारण उक्त पद लाभको पद नरहेको जिकिर गर्दै कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन् । रिट निवेदनमा आयोगको नाममा अन्तरिम आदेशको माग गरिएको थियो ।

मंगलबार पेसीमा चढेको उत्तm रिटमा न्यायाधीश चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै कार्कीको उम्मेदवारी तत्कालका लागि कायम भएको छ ।

कारण देखाउ आदेशको सुनुवाई भने दुईजना न्यायाधीश रहने संयुक्त इजलासमा हुने छ । विपक्षीहरुले उम्मेदवारी कायम नरहने तथ्य र प्रमाण पेस गर्न सकेमा उनको अन्तरिम आदेश खारेज हुनेछ भने संयुक्त इजलासले समेत अन्तरिम आदेशको निरन्तरता दिउ उनी चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछिन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ५ : ३४ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली