२ पुस २०८२, बुधबार | December 17, 2025

हामीले कसैलाई गाली गरेर भोट मागेका छैनौं, मात्रै विकासका कुरा गरेका छौं : इश्तियाक राई



नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब मतदाताले आफ्नो उत्कृष्ट विवेक प्रयोग गर्ने दिन नजिकिइ रहेको बताएका छन् । चुनावी क्षेत्र अन्तर्गत पर्ने नेपालगन्ज उपमहानगरका वडाहरूमा मंगलबार बिहानैदेखि सुरू भएको चुनावी घरदैलो क्रममा मतदाताहरूलाई भेटेर उनले सही ठाउँ र सही उम्मेदवारलाई छान्न अपिल गरेका अपिल गरेका हुन्।

जनता समाजवादी पार्टीले केही दिन अघिमात्रै निर्वाचन क्षेत्रभित्र पर्ने नेपालगन्ज उपमहानगर र डुडुवाका २७ वटै वडाहरूमा एकै पटक घरदैलो अभियान सुरु गरेका थियो।

मतदाताहरू फेरि पनि एकपटक ‘विकास‘ रोज्न आतुर भएको भन्दै उम्मेदवार राईले अरूले जसपा विरूद्ध फैलाइरहेको भ्रम र झुटा कुरामा नअल्झिन पनि मतदाताहरुलाई आग्रह गरे।
‘हामीले कसैलाई पनि आरोप प्रत्यारोप गरिरहेका छैनौं। आफूले गरेका कामहरू र फेरि गर्नुपर्ने विकासका कामहरू जनतालाई बुझाइरहेका छौं’ उनले भने ‘हामीले हाम्रा राम्रा कामहरूलाई फेरि एकपटक जनताबाट अनुमोदन गराउन चाहन्छौं र समग्र बाँकेको विकासका लागि अझै वृहत योजनाहरू ल्याउन चाहन्छौं।’

जनताका लागि गर्नुपर्ने काम र विकासका एजेण्डाहरूमा बहस गर्न नसकेर धर्म र साम्प्रदायिक कुरा गरेर अरू उम्मेदवारहरूले मतदाता भड्काउने काम गरिरहेको भन्दै त्यसको परिणाम भोग्नुपर्ने दिन नजिकिइ रहेको पनि उनले बताए । ‘अरू पनि पार्टीका धेरै नेताहरू सरकारमा रहे। यहाँका स्थानीय सरकारमा पनि रहे। सांसद भए र प्रधानमन्त्रीसमेत यही जिल्लाबाट भए’ उनले भने ‘तर म केही पटक सांसद र मन्त्री हुँदा कति काम भयो र त्यसअघि के के कामहरू भए भन्ने कुरा त जनतामाझ छर्लङ्गै छ। त्यसैले हामी विकासका काममा प्रतिष्पर्धा गरौं भनिरहेका छौं। तर अरूहरू विकास र जनताका मुद्दा छोडेर मतदाता भड्काउनमात्रै लागेका छन्।’

उनले यस्ता भ्रम र झुटा प्रचार गर्नेहरूलाई आम मतदाताले सवक सिकाउने दिन आइरहेको भन्दै त्यसपछिको परिणाम नै उनीहरूलाई सजाय हुने पनि बताए।

मंगलबार नेपालगन्जका उपमहानगरका वडा नं ९, १३, १० र १२मा बिहानैदेखि घरदैलो सुरू भएको थियो। त्यसक्रममा बाँके क्षेत्रनं २ का प्रतिनिधिसभाका उम्मेदवार राई तथा प्रदेशसभाका उम्मेदवार आदेश अग्रवाललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूले मतदाताको घर घर पुगेर मत मागेका थिए।

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : १५ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर