१४ असार २०८३, आइतबार | June 28, 2026

तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो



काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रुपैयाँको फलफूल भित्रिएको पाइएको छ ।

२०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको फलफुल नेपालमा भित्रिएको हो ।

भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रुपैयाँको फलफुल नेपालले आयात गरेको छ ।

उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रुपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रुपैयाँको भुइकटहर नेपाल भित्रिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ४९ लाख ८ हजार रुपैयाँको ५१ हजार १९० केजी एभोकार्डो, १८ करोड ७४ लाख रुपैयाँको ३७ लाख केजीभन्दा बढी आँप र अम्बा, १७ करोड ४ हजार रुपैयाँको २३ लाख २४ हजार २८३ केजी कागती र ११ करोड ८ लाख १४ हजार रुपैयाँको खरबुजा नेपाल भित्रिएको छ ।

यस्तै १० करोड ८० लाख १५ हजार रुपैयाँको ३० लाख ५३ हजार ४७४ केजी मेवा, २ अर्ब २४ करोड ९६ लाख ३९ हजार रुपैयाँको स्याउ र २९ करोड ७६ लाख ५६ हजार रुपैयाँको २८ लाख ७१ हजार १७६ केजी अनार पछिल्लो तीन महिनामा नेपालले आयात गरेको विभागले जनाएको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ५६ करोड ९४ लाख ४४ हजार रुपैयाँको फलफुल आयात गरेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १२ : ०४ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली