१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

१९ कात्तिकमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन हुँदै, ओलीले उदघाटन गर्ने



काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको छ । मञ्चको प्रथम अधिवेशन आगामी १९-२० कात्तिकमा काठमाडौंमा आयोजना हुँदैछ । अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने भएका छन् ।

मञ्चको प्रचार विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी प्रथम अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख प्रभुराम थापाले प्रथम अधिवेशनको तयारी पूरा भएको र विश्वभरबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको बताए । ‘अधिवेशनको तयारी लगभग पूरा भएको छ, प्रतिनिधिहरू आउने क्रम जारी छ,’ उनले भने । अधिवेशनका लागि ‘सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारा तय तय गरिएको छ ।

अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँचवटै महादेश कमिटीबाट पाँचजनाको दरले २५ जना र हरेक राष्ट्रिय कमिटीबाट गरी तीन सयजना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ ।

आयोजक समितिमा अध्यक्ष भक्त गुरुङ (बेलायत), सचिव रमेश पाण्डे (अस्ट्रेलिया), सचिवालय सदस्यहरू प्रभुराम थापा (अमेरिका) चानक पोखरेल (कतार), बिमला भण्डारी (रसिया), भक्त गुरुङ (हङकङ) सञ्जय थापा, सल्लाहकार प्रमुख (अमेरिका) तथा केन्द्रीय सदस्यहरू विनोद श्रेष्ठ (अस्ट्रेलिया), भक्त वाग्ले (फ्रान्स), कुन्ती थापा (अमेरिका), हेम शेर्पा (स्पेन), कर्ण शाही (बेलायत), रमेश थापा (क्यानडा), शिव बरुवाल (बेल्जियम) र तीर्थ गौतम ९इजरायल० छन् ।

पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा. राजन भट्टराईले प्रवासी नेपालीको मुद्दाप्रति एमाले गम्भीर रहेको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ५ : ०५ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका