१५ भदौ २०८३, सोमबार | August 31, 2026

१९ कात्तिकमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन हुँदै, ओलीले उदघाटन गर्ने



काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको छ । मञ्चको प्रथम अधिवेशन आगामी १९-२० कात्तिकमा काठमाडौंमा आयोजना हुँदैछ । अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने भएका छन् ।

मञ्चको प्रचार विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी प्रथम अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख प्रभुराम थापाले प्रथम अधिवेशनको तयारी पूरा भएको र विश्वभरबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको बताए । ‘अधिवेशनको तयारी लगभग पूरा भएको छ, प्रतिनिधिहरू आउने क्रम जारी छ,’ उनले भने । अधिवेशनका लागि ‘सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारा तय तय गरिएको छ ।

अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँचवटै महादेश कमिटीबाट पाँचजनाको दरले २५ जना र हरेक राष्ट्रिय कमिटीबाट गरी तीन सयजना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ ।

आयोजक समितिमा अध्यक्ष भक्त गुरुङ (बेलायत), सचिव रमेश पाण्डे (अस्ट्रेलिया), सचिवालय सदस्यहरू प्रभुराम थापा (अमेरिका) चानक पोखरेल (कतार), बिमला भण्डारी (रसिया), भक्त गुरुङ (हङकङ) सञ्जय थापा, सल्लाहकार प्रमुख (अमेरिका) तथा केन्द्रीय सदस्यहरू विनोद श्रेष्ठ (अस्ट्रेलिया), भक्त वाग्ले (फ्रान्स), कुन्ती थापा (अमेरिका), हेम शेर्पा (स्पेन), कर्ण शाही (बेलायत), रमेश थापा (क्यानडा), शिव बरुवाल (बेल्जियम) र तीर्थ गौतम ९इजरायल० छन् ।

पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा. राजन भट्टराईले प्रवासी नेपालीको मुद्दाप्रति एमाले गम्भीर रहेको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ५ : ०५ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,