२१ माघ २०८२, बुधबार | February 4, 2026

यो सरकार घरको बाघ, बनको स्याल हो : केपी ओली



दार्चुला । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार विदेशी सामू घुडा टेकेर बसेको आरोप लगाएका छन् । दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले तुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा सरकार एक शब्द बोल्न नसकेको उनले आरोप लगाए ।

‘विदेशीसँग गलत सम्झौता गर्छ । तर, प्रधानन्यायाधीषलाई नजरबन्दमा राख्ने । उहाँको छोरीलाई दिनभर थुनेर साझँ छोडीदिने जस्ता क्रियाकलाप निन्दनीय छन्,’ उनले भने । आफूहरू सरकारमा हुँदा सडक बालबालिकाको व्यवस्थापन गरेको उनको भनाइ छ ।

‘हामी सरकारबाट बाहिरिए लगत्तै फेरी समस्या बल्झीयो । जब कंगाल बुद्धिका मान्छे सरकारमा आउछन् तब देश विग्रन्छ । हामीले १ सयबाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले चार हजार बनाएका छौं । त्यसलाई कहिले ६८ वर्ष, कहिले ६५ वर्ष, भन्दाभन्दै २५ मै पाउनुपर्छ भन्न बेर छैन,’ कांग्रेस नेतृत्वको सरकारलाई व्यंग गर्दै ओलीले भने ।

विकास गर्न टालाटुली बटुली कतिराम्री कठपुतली भएको सरकारले नहुने भन्दै उनले स्थायी सरकार चाहिने बताए । ‘त्यसैले अब मंसिर ४ पछि एमालेको स्थायी सरकार बनाउन, एमालेलाई सरकारमा पुग्नका लागि नभइ देश बनाउनका लागि भोट दिनु होला,’ उनले भने ।

एमालेका सचीव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विगतमा टाउकोको मूल्य तोक्नेहरूको गठबन्धन नटिक्ने दाबी गरे । उनले भने, ‘अब गठबन्धनको प्रधानमन्त्री कोहो ? गोरखा बाट प्रचण्ड म हुँ भन्छन्, कांग्रेसका गगन थापा म हुँ भन्छन्, सेर बहादुर देउवा डडेल्धुराबाट मै हुँ भन्छन् र अन्य दलहरुको त कुरै छोडौं। त्यसैले एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाई देश विकास गर्ने योजना छ, सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्छु ।’

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : २० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता