१७ बैशाख २०८१, सोमबार | April 29, 2024

लमजुङमा देव गुरुङ भर्सेस पृथ्वीसुब्बा, कसले मार्ला बाजी ?



लमजुङ । लमजुङमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ संसद् छिर्ने लक्ष्यसहित त्यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।

२०७४ सालमा लमजुङ प्रदेशसभा ‘ख’बाट लडेका पृथ्वीसुब्बा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् । उनी फेरि प्रदेशमै लड्न चाहन्थे । तर, अध्यक्ष केपी ओलीले उनलाई प्रतिनिधिसभाको टिकट थमाए ।

२०४८ सालयता देव चौथोपटक संसदीय चुनाव लड्न लागेका हुन् । २०४८ सालमा उनी संयुुक्त जनमोर्चाबाट लमजुङ १ मा उम्मेदवार थिए । २०६४ सालको चुनावमा मनाङ र कास्की १ दुवै क्षेत्रबाट जितेका थिए । उनले त्यतिबेला मनाङ रोजे र कास्कीमा उपनिर्वाचन भयो । त्यसपछि देव २०७४ सालमा एमाले माओवादी वाम गठबन्धनबाट लमजुङबाट प्रतिनिधिसभा सदस्य विजयी भए । अघिल्लोपटक देव गठबन्धनबाट संघमा लड्दा प्रदेश सभा लडेका पृथ्वीसुब्बा यसपटक उनैसँगै प्रतिस्पर्धामा छन् ।

पृथ्वीसुब्बा सातौँपटक संसदीय चुनाव लड्न लागेका हुन् । यसअघि ६ पटक चुनाव लड्दा उनले दुईपटक मात्र जितेका छन् । २०४८, २०५१, २०५६ सालको चुनाव हारेका पृथ्वीसुब्बा २०६४ सालमा पहिलो संविधानसभा सदस्य चुनावमा विजयी भएका थिए । २०७० सालको संविधानसभा सदस्य चुनावमा भने पराजित भए । २०७४ सालको चुनावमा प्रदेश सांसद विजयी भएर उनी गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए । अहिले गठबन्धनको साथ पाएका देव र एमालेबाट उम्मेदवार बनेका पृथ्वीसुब्बाबीच कसले बाजी मार्छ भन्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ४१ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा