१४ असार २०८३, आइतबार | June 28, 2026

धमलाको निर्वाचन महासंग्रामका झडप, प्राचार्य मुरलीधर शुक्ला घाइते



भैरहवा । रुपन्देहीको सम्मरीमाई ५ रोइनिहवामा भएको बहस कार्यक्रममा कार्यकर्ताबीच विवाद हुँदा एक जना घाइते भएका छन् । प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै आएको मंसिर ४ महासंग्राम कार्यक्रममा उपस्थित दर्शकबीच विवाद हुँदा लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले चोट लागेको हो ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभाका ४ प्रमुख प्रतिस्पधीसँग स्थानीय र समर्थकलाई राखेर भएको बहस कार्यक्रममा उम्मेदवारले बोल्दै गर्दा होहल्ला भई कुर्सी हानहान र ढुङ्गा प्रहार भएको थियो । सोही क्रममा शुक्ला घाइते भएका हुन् भने केहीलाई सामान्य चोट लागेको लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका लुम्बिनी प्रदेश कार्यकारी सदस्य सन्दीप त्रिपाठीले जानकारी दिए । घाइते शुक्लाको ओठमा १७ वटा टाका लगाइएको छ । उनको उपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको त्रिपाठीले बताए ।

संचारकर्मी ऋषी धमलाले सञ्चालन गरिरहेको कार्यक्रममा त्यस क्षेत्रका उम्मेदवारहरू नेपाली कांग्रेसका प्रमोद यादव, लोसपाका सवेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जसपाका ओमप्रकाश यादव गुल्जारी उपस्थित थिए । एक चरणमा सबै उम्मेदवारले भनाई राखेपछि दोस्रो चरणमा भनाई राख्ने क्रममा कार्यकर्ताबीच काम गरेको हो होइन भन्ने विषयमा भनाभन भएपछि विवादीत हुन पुगेको हो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले सामान्य कुर्सी हानहान भएको रिर्पोट आए पनि घाइतेको सम्बन्धमा राति ८ बजेसम्म केही रिर्पोट नआएको बताए

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : १६ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक