५ पुस २०८२, शनिबार | December 20, 2025

महोत्तरी-१ चुनाव : विवादित बन्दै ‘मनमौजी’ महतो



महोत्तरी । मनोनयनको अघिल्लो रात जसपाबाट एमाले प्रवेश गरी उम्मेदवार बनेका महोत्तरी-१ का लक्ष्मी महतो आफ्नै अभिव्यक्तिका कारण विवादस्पद बन्दै गएका छन् । स्थानीय पत्रकार र विभिन्न संचार गृहमा दिएको अन्तर्वाताका कारण महतोमाथि आलोचना बढदै गएको हो ।

उनले एक सञ्चार गृहमा आफ्नो राजनैतिक शक्तिका कारण जे पनि गर्न सक्ने हिंसात्मक अभिव्यक्ति दिएसँगै विपक्षी दलका नेता तथा कार्यकर्ताले ुट्रोलु बनाएका छन् । उनले अन्तर्वातामा घुमाउरो पाराले सबै नेताहरू ठग भएको र आफू पनि त्यस्तैमा पर्ने अभिव्यक्ति दिएका छन् । त्यस्तै, आफूले नजिते पनि गौशाला नगरपालिकामा वर्चश्व रहने चेतावनी दिएका थिए । गौशाला नगरपालिकाको मेयरमा उन छोरा दिपेन्द्र महतो जसपाबाट निर्वाचित भएका थिए ।

को हुन् महतो ?

मधेश आन्दोलनका क्रममा महोत्तरीको जलेश्वरमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या भएको थियो । उक्त हत्याको आरोपी लक्ष्मी महतो पनि थिए । मधेशमा आन्दोलन हुँदै गर्दा २५ भदौ ०७२ मा मधेशी मोर्चाका कार्यकर्ताले विकलाई नियन्त्रणमा लिएर लाठी, लात्ती र मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

उनलाई उद्धार गरी प्रहरीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पुर्‍यायो । थप उपचारका लागि उनलाई सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जनकपुर अञ्चल अस्पतालतिर लैजाँदै थियो । सोही क्रममा मधेशी मोर्चाका कार्यकर्ताको समूहले बाटोमै पुनः आक्रमण गर्‍यो । आक्रमणबाट विकको मृत्यु भयो ।

यो घटनामा अभियुक्तका रूपमा मुद्दा चलाइएका महतोलाई महोत्तरी जिल्ला अदालतले २ असोज ०७६ मा एक लाख रुपैयाँ धरौटीमा रिहा गर्‍यो । महोत्तरी जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ६८ र ७२ बमोजिम धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको भन्दै उच्च अदालत जनकपुरका न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले १९ मंसिर ०७७ मा महतोलाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दियो । तर, उनी पक्राउ नै परेनन् । उनी अहिले फरार सूचीमा छन् । अदालतको प्रारम्भिक सुनुवाइमा दोषी ठहर भएका उनलाई एमालेले महोत्तरी–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।

निर्वाचन कानुनले फौजदारी मुद्दा चलेकै कारण कसैलाई उम्मेदवार बन्न वञ्चित गरेको छैन । यही कानुनी छिद्रका आधारमा भ्रष्टाचार र गम्भीर फौजदारी कसूरका केही आरोपितहरूले चुनाव लड्न पाउने । तर, जितेपछि सांसद बन्न नपाउने अवस्था छ । आगामी निर्वाचन राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण देखाउने ऐना बन्दैछ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : ४० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य