२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

खेल र खेलाडीको क्षेत्रमा फराकिलो विकास गर्नेछौं : एमाले उपाध्यक्ष पौडेल



बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताएका छन् ।

खेल क्षेत्रमा गरिने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताउँदै पौडेलले त्यसको लागि अनूकूल परिस्थित र वातावरण आफूले निर्माण गरी काम गर्ने स्पष्ट पारे ।

मदन भण्डारी स्पोर्टर्स एकेडेमीद्वारा शनिबार बुटवल आयोजित खेलाडी प्रशिक्षण तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले खेल क्षेत्रमा सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको दावी गरे । ‘उर्जाशील जीवन विताएका खेलाडीको सम्मानितपूर्वक बाच्नको लागि हामीले निर्वाभत्ता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासँगै खेल पूर्वाधारको लागि काम गर्नेछौं ।’ पूर्व खेलकूद मन्त्री समेत रहेका पौडेलले भने ।
उपाध्यक्ष पौडेलले थपे, खेल क्षेत्रको उन्नति र खेलाडीले स्वाभिमानको पक्षमा काम गर्नेछौं ।

खेल जीवनपछि सहज जिविका निर्वाहको उपचारको प्रबन्ध गर्नेछौं ।’ नेपालमा खेलकूको क्षेत्रमा अभूतपूर्व सम्भावना रहेको बताउँदै भगवान गौतमबुद्धसँग खेललाई जोडेर प्रमोसन पनि गर्न सकिने उनले बताए । हाई अल्टीच्यूट स्पोट्समा जान पनि सकिने सम्भावना रहेका उनको भनाइ छ । राज्यका खेल सम्बद्ध संगठनले गर्न नसकेको काम मदन भण्डारी स्पोट्स एकेडेमीले गरेको समेत पौडेलले बताए ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही २ (१) का उम्मेदवार लिला गिरीले आफू प्रदेशको मन्त्री हुँदा खेल पूर्वाधारमा ठूलो बजेट विनियोजन गरेको बताए ।

आफूले अझै खेल र खेलाडीले देख्न सने गरी प्रदेशमा काम गरेर खेलाडीमार्फत देशलाई विश्वमा देशलाई चिनाउन आफू पछि नपर्ने बताए । त्यस्तै एमाले प्रदेश उपाध्यक्ष तथा रुपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले स्वास्थ्य र खेलको क्षेत्रमा आफूले काम गर्ने बताए । राप्रपा प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार प्रदीप उदयले खेलाडीको सम्मानित जीवनको लागि नेताहरुले सोच्नुपर्ने बताए ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष धुर्व आचार्यले खेल र खेलाडीको जीवन सुरक्षित गर्न नेताहरुलाई आग्रह गरे । एकेडेमीका सचिव डा. शक्ति बस्नेतले खेला र स्वास्थ्य दुवै क्षेत्रमा राजनीतिक दलहरुले काम गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : ४५ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु