२१ बैशाख २०८३, सोमबार | May 4, 2026

गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन पुर्व जनमुक्ति सेनाले दियो प्रतिवद्धता



कोहलपुर । पुर्व जनमुक्ती सेनाकाप्रतिनिधिहरुले पाँचदलीय बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आफुहरु क्रियाशिल हुने बताएका छन । शनिबार पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवार बीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनिहरुले बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन ।

आफुहरुको त्याग र बलिदानबाट प्राप्त ब्यवस्था र संविधानको रक्षार्थ पाँचदलिय गठबन्धनले खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै उनिहरुले आफुहरु सधैं अग्रगमनको पक्षमा रहेको बताए । महान जनयुद्ध र दोस्रो जनआन्दोलनबाट ब्यवस्था बदलिय पनि आम नागरीकको अवस्थाभने उस्तै रहेको भन्दै आगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले आम जनताको अवस्था बदल्ने गरी काम गर्नुेपर्नेमा उनिहरुले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १, प्रतिनिध सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक) ले अहिलेको ब्यवस्था ल्याउनमा जनमुक्ती सेनाले खेलेको भुमिका अतुलनिय रहेको बताए । उनले आफ्नो ज्यानको बाजी राखेर ब्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका ज्ञात÷अज्ञात सहिदहरुको सपना साकार पार्ने दायित्व गठबन्धको काँधमा आएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी अभियान चलाउन आग्रह गरे । “दशवर्षे जनयुद्धले वर्षौदेखी जरा गाडेर बसेको ब्यवस्थाको अन्त्यग¥यो”ं माओवादी केन्द्रका स्थायी समिती सदस्य समेत रहेका अथकले भने, “यो तपाई हामी सबैको देन हो । यसलाई संरक्षण गर्ने दायित्व अब हाम्रो काँधमा आएको छ ।”

कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै लाग्नुपर्ने बताए । हिजो परिवर्तनकालागी लडेका योद्धाहरु नै गठबन्धनको चुनावी कमाण्डरका रुपमा मैदानमा उत्रिनुपर्ने अवस्था आएको भन्दै दत्तचित्त भएर लाग्न थारुले आग्रह गरे । बिभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेका पार्टीहरु बीच भएको गठबन्धन देशलाई निकास दिन सक्षम रहेको उनको भनार्ई थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : २२ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र