७ आश्विन २०८३, बुधबार | September 23, 2026

समयमा काम नसक्ने ठेकदारलाई जेल हाल्ने कानुन बन्नुपर्छ : डा. सूर्य पाठक

'अथक प्रयास गर्दा पनि ठेकदारले धोका दिदा मध्यपहाडी लोकमार्ग बनेन्'



बलेवा । नेकपा एमालेका नेता तथा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार डा सूर्य पाठकले युवा नेतृत्व चाहिन्छ भन्नेहरूले नै ८० वर्ष उमेर कटेकालाई पनि भोट माग्ने गरेको भन्दै कटाक्ष गरेका छन् ।

बेलायतमा ४२ वर्षीय युवा प्रधानमन्त्री भएकामा खुसियाली बनाउँदै सामाजिक सञ्जालमा लेख्नेहरुले नै फेरि नेपालको हकमा भने ८० वर्षको उमेरका व्यक्तिलाई भोट माग्ने गरेको उनको भनाइ छ । राजनीतिमा युवा सहभागिता चाहने हो भने व्यवहारमा पनि सोही अनुसार हुनुपर्ने उनको भनाइ छ ।

आइतबार बागलुङको तम्रागमा आयोजित चुनावी सभामा बोल्दै उनले देश बदल्ने हो भने युवाले हस्तक्षेपकारी भूमिका बढाउनुपर्ने र अलिकति गतिशील तथा दृष्टिकोण राख्नसक्ने खालका व्यक्तिहरु चाहिनेमा जोड दिए । ‘अवस्था बदल्ने कुरामा युवा नेताहरु जो गतिशील छन्, जो अलिकति पढेलेखका छन्, जसले कुराहरु बुझ्छन् र विषयवस्तुलाई, तर्क, तथ्यांक तथा तथ्यसहित राख्नसक्छ त्यस्ता मान्छेहरुले यो देशको नेतृत्व गर्नुपर्छ भन्ने समाजको माग छ’, पाठकले भने, ‘बेलायततिर ४२ वर्षको मान्छे प्रधानमन्त्री भएको कुराले सामाजिक सञ्जाल रंगिन्छ । एकातर्फ ४२ वर्षको मान्छे प्रधानमन्त्री भएर भनेर सामाजिक सञ्जालमा भन्छ, अर्कोतिर त्यही मान्छेले ८० वर्षको मान्छेलाई भोट दिनुस् भनेर भन्छ । तर, कुरा के हो भने हामीले नेपाल बदल्ने हो भने अलिकति हहस्त्क्षेपकारी भूमिका बढाउनै पर्छ । अब अलिकति गतिशील, अलिकति दृष्टिकोण राख्नसक्ने खालका व्यक्तिहरुको आवश्यकता छ ।’

पाठकले राजनीतिमा पुस्तान्तरण जरुरी रहेकोमा पनि जोड दिए ।

उनले मध्यपहाडी लोकमार्ग समयमा नबन्दा तम्राग क्षेत्रका जनताले निकै सास्ती भोग्नुपरेकोप्रति आफू जानकार रहेको बताए । आफू सांसद हुँदादेखि नै मध्यपहाडी लोकमार्ग निर्माणका लागि पहल गरेको तर ठेकदारको लापरबाहीले काम हुन नसकेको बताए । यो समस्या समाधानका लागि कडा कानुन ल्याउन आफूले पहल गर्ने उनको भनाइ छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि तम्रागको एक खण्डको ठेक्का सिद्धि साइबाबाले लिएको छ भने अर्को १३ किलोमिटर खण्ड सूर्य कन्ट्रक्सनले लिएको छ । २०७५ मा सम्पन्न हुनुपर्ने काम ठेकेदारको ढिलासुस्ती म्याद थपेर २०८० असार मसान्तसम्म लम्ब्याइएको छ ।

‘०७६ सम्म काम अघि नबढेपछि मैले पश्चिमका मान्छेहरु सहज ढंगले आवतजावतको वातावरण बनेन भनेर प्राजेक्ट मेनेजरलाई भनेको थिएँ । यसलाई रद्द गरौँ भनेर आग्रह गरेँ । कुनैपनि ठेक्का रद्ध गर्नका लागि सम्बन्धित प्रोजेक्ट मेनेजरको सिफारिस अनिवार्य हुने रहेछ’, पाठकको भनाइ छ, ‘तर, त्यसलाई स्वीकृत गर्ने काम भएन । तपाईँको विश्वास भयो भने सार्वजनिक खरिद नियमावलीको फाइदा उठाएर काम गर्नेको ठेगान बनाउन काम गछौँ । त्यसको प्रभावकारी कार्यान्वयन गर्नका लागि हामी लाग्छौँ ।’

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १२ : ४४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११