२ पुस २०८२, बुधबार | December 17, 2025

क्रिकेटर तथा ‘टीके उपमेयर’ थापा जसपा प्रवेश



नेपालगन्ज । ज्ञानेन्द्र शासनकालमा ‘टीके उपमेयर’ बनेका नेपालगन्जका क्रिकेटर अरूण थापा जनता समाजवादी पार्टी प्रवेश गरेका छन्। तत्कालीन राजा ज्ञानेन्द्र शाहको कार्यकालमा नेपालगन्जको उपमेयर मनोनीत भएका थापा आज एक कायृक्रमकाबीच जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रहेर राजनीति गरिरहेका थापाले चुनाव आउन १४ दिन बाँकी रहँदा राप्रपा छाडेर जसपा प्रवेश गरेका हुन् ।

थापालाई आज जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले स्वागत सदस्यता दिएर स्वागत गरे । सो अवसरमा बोल्दै राईले नेपालगन्जको विकासप्रति लगाव राख्ने युवाहरूमा जनता समाजवादी पार्टीप्रति आकर्षण बढ्दै गएको दाबी गरे ।

नेपालगन्जमा क्रिकेट खेलको विकासमा थापाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै राईले आफूले खेलकुद क्षेत्रलाई व्यवसायीक बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ०७ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व