१४ असार २०८३, आइतबार | June 28, 2026

क्रिकेटर तथा ‘टीके उपमेयर’ थापा जसपा प्रवेश



नेपालगन्ज । ज्ञानेन्द्र शासनकालमा ‘टीके उपमेयर’ बनेका नेपालगन्जका क्रिकेटर अरूण थापा जनता समाजवादी पार्टी प्रवेश गरेका छन्। तत्कालीन राजा ज्ञानेन्द्र शाहको कार्यकालमा नेपालगन्जको उपमेयर मनोनीत भएका थापा आज एक कायृक्रमकाबीच जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रहेर राजनीति गरिरहेका थापाले चुनाव आउन १४ दिन बाँकी रहँदा राप्रपा छाडेर जसपा प्रवेश गरेका हुन् ।

थापालाई आज जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले स्वागत सदस्यता दिएर स्वागत गरे । सो अवसरमा बोल्दै राईले नेपालगन्जको विकासप्रति लगाव राख्ने युवाहरूमा जनता समाजवादी पार्टीप्रति आकर्षण बढ्दै गएको दाबी गरे ।

नेपालगन्जमा क्रिकेट खेलको विकासमा थापाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै राईले आफूले खेलकुद क्षेत्रलाई व्यवसायीक बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ०७ बजे

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले